बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा मान्वुमा जीप दुर्घटनाका घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमायासहितलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो

गोरखा मान्वुमा जीप दुर्घटनाका घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमायासहितलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७६, बिहिबार

गोरखा, २२ फागुन – गोरखाको मान्वुमा जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । बुधबारराति गोरखाको मान्वु धोरर्चेतमा जीप दुर्घटनामा परी गम्भीर घाईते भएकालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी नर्भिक अस्पताल लगिएको हो ।
बिहीबार धार्चे गाउँपालिकाले काशिगाउँमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन बुधबार साँझ नै त्यसतर्फ जानेक्रममा उपप्रमुख फुलमायाँ गुरुङसहित ८ जना सवार बा१च ५५०५ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाईते भएका ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानीको नर्भिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएका थिए भने काशिगाउँका ६ का वडा सचिव किरण रिमालको घटना स्थलमा मृत्यु भएको थियो । दुर्घटनामा परेका घाईतेहरुको टाउको तथा मेरुदण्डमा गम्भीर चोट देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->