स्याङ्जा, १ चैत – जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पुललिबजार नगरपालिका-१० राङखोलामा रहेको आँधिखोला रेष्टुरेण्टमा जुवा (तास) खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ । रनबहादुर गुरुङले सञ्चालन गरेको आँधिखोला रेष्टुरेण्टको कोठामा जुवा (तास) खेल्दै गरेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जुवा खेल्ने खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा घर धनी तथा रेष्टुरेण्ट संचालक पुतलीबजार नगरपालिका १० का ६३ वर्षीय रनबहादुर गुरुङ, सोही ठाउँ बस्ने ४६ वर्षीय हरिप्रसाद गुरुङ, वर्ष ३६ को बसन्त थापा, वर्ष ४९ को खडानन्द अधिकारी वर्ष ४७ को सुनिल कोईराला वर्ष ३३ को राजु राना पुतलीबजार नगरपालिका १३ बस्ने वर्ष ६१ को तारा बहादुर थापा र जुवा खेलेको हेरेर बस्ने पुतलीबजार १० बस्ने वर्ष ४६ को दिल बहादुर थापालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
जुवाडे संगै उनीहरुको साथमा भएको रु. ४८ हजार ६ सय ७५ रुपैया नगद सहित जुवा खेल्न प्रयोग गरिएको १ सय ९८ पत्ती तास बरामद गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





