शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीगण्डकीका अध्यक्ष राहत सामाग्री लिएर गाउँ गाउँमा

कालीगण्डकीका अध्यक्ष राहत सामाग्री लिएर गाउँ गाउँमा


  • हिमलाल पराजुली
  • चैत्र १८ २०७६, मंगलबार

स्याङ्जा, १८ चैत– कालीगण्डकी गाउँपालिकाले मंगलबारदेखि राहत सामाग्री बितरण कार्य सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र रोकथामको लागि सरकारले देशनै लकडाउन गरेपछि गाउँपालिकाले गरिब र विपन्नका लागि राहत वितरण कार्य शुरु गरेको हो । लकडाउनले दैनिक ज्याला मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्ने मज्दुर र अति बिपन्न घरपरिवार समस्यामा परेपछि गाउँपालिकाले पालिकाभित्र रहेका अतिविपन्न घर परिवारका लागि राहत बितरण गरेको हो ।
गाउँपालिकाभित्र रहेका एक सय ८० अति बिपन्न घर परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गर्ने योजनाअनुसार मंगलबारदेखि राहत वितरणको सुरु गरिएको गाउँपाकिा अध्यक्ष खिमबहादुर थापाले बताए । गापाका वडा ४ देखि ७ सम्मका ५० घरपरिवारलाई प्रतिघरपरिवार पाँच सदस्यभन्दा बढि हुनेलाई १० किलो चामल, २ किलो दाल र १ पोका नुनका दरले बितरण गरिएको र ५ जनाभन्दा धेरै भएका घरपरिवारलाई १५ किलो चामल, ३ किलो दाल र १ पोका नुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->