आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कविता : स्वदेशमै गिट्टी कुटौं !

कविता : स्वदेशमै गिट्टी कुटौं !


  • नारायण शाही
  • बैशाख ८ २०७७, सोमबार

नोबेल कोरोना (कोभिड–१९)
महाब्याधीको आगोसँग खेल्यो
याङ्की सनकमान सिंहवादी
महास्वाँठ डोनाल्ड ट्रम्पहरु
खुलस्त देखियो, लन्ठु ट्रम्पहरुको पनि
स्वतन्त्रता र नव औपनिवेशवादको
झ्यानाकुटी प्रजातन्त्र र मानवअधिकार
महास्वाँठ ट्रम्पहरुलाई भन्नु केही छैन
भन्नु छ, आफ्नै प्रिय मान्छेहरुलाई
सपनाका चुचुरो टेकेकाहरुलाई
चुचुरो चुम्ने सपना बुनिरहेकाहरुलाई
ति होनहार नेपाली युवाशक्तिहरुलाई
विश्वमै भाइरल बनेको प्रकोपसँग
हामीहरुले धेरै कुरा सिक्नुपर्नेछ
१८ घण्टै सपनाका ति देशहरुमा
रुम ब्वाय, हेल्पर र स्वीपर बन्नुभन्दा
बरु, स्वदेशमै ८ घण्टा गिट्टी कुटौं
आफ्नै खेतबारीहरुमा हलगोरु नारौं
हाम्रा यि पौरखी र सिर्जनशील हातहरुले
आफ्नै खेतबारीहरुलाई सम्याउँ
डल्ला फुटाऔं, फूलहरु रोपौं र बगैचा सजाऔं
कोही छैन, महाशक्तिशाली र दुर्वल राष्ट्र
कहीँ छैन, सपना र विपनाका देशहरु
हामीलाई यस्तो साझा अनुभूति होस
यो सुन्दर फूलबारी हामी सबैको साझा हो
हामीहरु सबै फूलबारीको साझा अंसियार हौं |

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->