बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टोलेझोले

टोलेझोले


  • शिवशरण ज्ञवाली
  • बैशाख १४ २०७७, आइतबार

टोलेझोले हुनुको मज्जा नै छुट्टै हुन्छ । मैले यो मज्जा लिन थालेको धेरै भको छैन । काम नगरीकन पद, प्रतिष्ठा र पैसा पाइन्छ । योग्यता चाहिँदैन । लुडोको सिंढी चढेजस्तै एक्कासी माथि चढ्न पाइन्छ तर लुडोमा जस्तो खस्न पर्दैन । बरू त्यो देखाएर अझ माथि चढ्न पाइन्छ । तसर्थ यो चास्नीमा डुब्ने काइदा हो । कुनै दिन यस्तो चास्नीमा डुब्न पाइने कुरा कल्पदा मात्रै पनि स्वर्गीय आनन्द प्राप्त हुन्छ । म त भुइँमान्छे हुँ र त यस्तो छ, टुप्पाकाले कति लिँदा हुन् यस्तो मज्जा ? सम्झदा पनि डाहा र ईष्याले मनमा जलन हुन्छ । फेरि कसैले भनेको सम्झन्छु, आफूभन्दा तलकालाई पो हेर्ने हो माथिकालाई हेरेर हुन्छ ? अनि म आफूभन्दा तलकालाई हेर्छु र बल्ल मन अलि ढुक्क हुन्छ । विद्यार्थी जीवनमा मैले पहिलोपटक एउटा टोलझोलेलाई भेटें । कुरो के परेछ भने उसले आफ्नो संगठनको पिकनिक लाँदै रहेछ, मैले आफ्नो गाउँको लाँदै थिएँ । दिन एउटै परेछ । तैले कुनै अर्को दिन लैजा संगठनको पिकनिक छ पो भन्दै आयो । मैले मिल्दैन भन्न के भ्याको थिएँ, मिलाइदिम् भनेर मेरो कठालो पो समात्यो ! धन्न अलि नरम टोलझोले आइपुगेर पो म जोगिएँ । गाउँको पिकनिक म नसार्ने पक्षमा थिएँ तर साँझ साथीहरूले टोलेझोलेको लहरो बताउँदा त म बेहोस नै भएछु । पछि बिहान जोगिएकोमा धन्यवाद दिएँ, भगवानलाई । त्यसैले पिकनिक नसार्ने त कुरै भएन । आजकाल भको भए सजिलै सर्न र सार्न कोरानाले सिकाउँदो रच, उतिबेला ती कडा टोलझोलेले बडो मुस्किलले सिकाए । आजकल नरम र कडा ती दुवैलाई म झल्झली सम्झन्छु नरमवाला जे होस् संघर्षकै मैदानमा छन् कडावाला भने हराए कि ?

मेरै पालामा पनि हात मिलाइवरी रोइकराएर चाटे । टुप्पोमा एउटा फिस्टाको मुखिया तथा सहमुखिया र सदस्यहरू छान्नुपर्ने रहेछ । त्यस्को चुनाव नभको पनि बर्षौ भइसकेको रहेछ । टोलझोलेलाई चासै छैन अनि मै कस्सिएर एउटा प्रेमपत्र हेडक्वार्टरमा बुझाएको चुनाव तोकियो । आफू त टोलझोले परिएन । टोलझोलेले खै कताकता चाकरीउकरी गरी पद हत्याइहाले । अनि स्वतन्त्र हावा खान मन लाग्ने गरी हामीले नि पद बाँड्यौ । स्वतन्त्रवालाको फेद र टुप्पो दुवै नहुने, पैसा पनि कतैबाट नआउने, आरक्षण र संरक्षण पनि नहुँदो रच । आफैँ मालिक आफैँ नोकर भइदो रच ।

गणितका चार साधारण नियम र वर्णमालाका अक्षर जाने पुग्ने शिक्षामा पनि बेरोजगार भका कारणले धेरै जाँनिदै र पढिदैं थियो । तर टोलेझोलेमा भर्ती हुन भने जानिएनछ । भर्ती नभए नि लाभ भने लिइयो । उतिबेला भर्ती भको भए आजसम्म मन्त्री नै भइन्थ्यो कि के थाहा ? हुन हुन उतिबेलै हुनुपर्ने रहेछ आज पछुतो त हुने थिएन । बेकामे शिक्षाको टुप्पोमा पुग्दासम्म बा र दाईंले काँधमा चढाइरहनु भको थियो । मलाई ऐया र आत्था भन्नुपर्ने बाध्यता थिएन । टुप्पोमा हामी फिस्टे चराजस्तै अरूले नपत्याउने कथा बनाउँथ्यौं । कक्षाकोठा नहुँदा टुप्पोकै मालिकको सभाहल कब्जा गथ्र्याैं । टोलझोले भइनसकेकाले जे देखिन्थ्यो, त्यही बोलिन्थ्यो । टोलझोलेको स्वाद थाहा पाकाहरूले अलिअलि दुनाटपरी चाट्दा रहेछन् ।

मेरै पालामा पनि हात मिलाइवरी रोइकराएर चाटे । टुप्पोमा एउटा फिस्टाको मुखिया तथा सहमुखिया र सदस्यहरू छान्नुपर्ने रहेछ । त्यस्को चुनाव नभको पनि बर्षौ भइसकेको रहेछ । टोलझोलेलाई चासै छैन अनि मै कस्सिएर एउटा प्रेमपत्र हेडक्वार्टरमा बुझाएको चुनाव तोकियो । आफू त टोलझोले परिएन । टोलझोलेले खै कताकता चाकरीउकरी गरी पद हत्याइहाले । अनि स्वतन्त्र हावा खान मन लाग्ने गरी हामीले नि पद बाँड्यौ । स्वतन्त्रवालाको फेद र टुप्पो दुवै नहुने, पैसा पनि कतैबाट नआउने, आरक्षण र संरक्षण पनि नहुँदो रच । आफैँ मालिक आफैँ नोकर भइदो रच ।

चुनावको दिन बिहान हाम्रा मुखियाका उम्मेदवारलाई क्याम्पसको गेट अगाडिबाटै दुईजनाले च्याप्प समार गाडीमा हाले । उनी पनि मापाका रचन तिमीहरू जाऊ म आउँछु भन्दै गाडी चढे । ठीक अगाडि प्रहरीका हाकिम थिए, उनलाई रोइकराई गर्यौं । उनी त खनालथोकका परेछन् । मरिगए सुनेनन् । अनि हामी चुनावतिर लाग्यौं । हाम्रा मुखिया एकछिनमा गुँड खोज्दै आइपुगे । चुनाव लडिरहेका थियौं, हाम्रा एक सदस्यका उम्मेदवार जो महिला हुनुहुन्थ्यो, उहाँको छहारीवाला टोलेझोलेले ओलीथोकको भन्दा पनि कडा किसिमको तिकडम र चरित्रहत्या गरेपछि मैले त्यो चुनावी दौड त्याग्ने निर्णय गरेँ । अनि त्यो चुनाव हामीले त्यागिदियौँ । घाम र छहारीको मिलेमतो भो । जेठो छहारी र भाइ घाम कथित प्रजातन्त्रका सौन्दर्य बने । हामीले सराप्यौँ । झिंगाका सरापले डिँगा कहाँ मरेका थिए र ? विद्यार्थी जीवनको आखिरतिरको कुरा होला, आफू पनि नजानीनजानी टोलझोले भइयो । खै के सभा हो कि बैठक हो थाहा भएन, त्यसका लागि चुनाव हुँदै थियो । विद्यार्थी जोश र जाँगरले न कुनै पार्टी सदस्यता न कुनै रैरकम खुब चुनावमा लागियो । खाजा आफ्नै खाऊ प्रचार गर अरूको ! हाम्रा मुखियालाई खुब फाइदा भए होला ।

खस्ला र खाउँला भन्दै आशा गर्यो बाह्र वर्षसम्म अत्तोपतो नहुँदा पनि सिरानमुनि डोरी राख्नु नपर्ने आशावादी भइरहन पाइने अनि नबनेर भो ? त्यो सांसद कोषको रकम राज्यकोषमा दाखिल गर्न सांसदहरू नमान्नुको कारण पनि यिनै टोलेझोले रचन । खै कताका हो सांसदले निकै दुखेसो गर्छन् रे मन मिल्नेहरूसँग भनेर मेरा आफन्तले हालै खुलासा गर्नु भो । कुरा के परेछ भने टोलेझोलेले दाई ! पोखरी खन्न परो पैसा चाहियो भनेछन् । उनले दिएछन् । एकबर्षपछि फेरि खेल मैदान बनाउनुपरो भनेछन् फेरि दिएछन् ।

प्रचार फिरीमा पैसा गोजीमा । बलियोतिर लागे गिन्ती नहुनेमात्रै होइन, वंशपरम्परा विपरीत हुन्थ्यो । बलियाहरू पनि कति कमजोर भए भने चुनावको प्रचार गर्ने म उनीहरू दाईलाई धम्काउने ! कारण आफू बन्दुक चिन्हवाला परियो दाई न्युटल जस्तै । तापनि दाईको मुखभरको जवाफ पाएपछि तिनीहरू पछि हटे । तर चुनावका दिन त मलाई पनि छाडेनन् । बुथमा यस्तो सुविधा रच कोही आउन नसके कोही विदेश गए कोही जागिरमा गए कोही पढ्न गए यतिसम्म कि कोही स्वर्ग नै गए पनि कसैले भोट हाल्न पाइन भन्ने चिन्ता लिनुपर्दो रहेनछ, सबका भोट खसालिदिने कारिन्दा हुँदा रच । यो सुविधा जुन ठाउँमा जसका टोलेझोले बढी भयो उनीहरूले दिंदा रहेछन् । यो प्रजातन्त्रको सबैभन्दा ठूलो गुण रहेछ । म बबुरोले नबुझेर त्यो सुविधा नदिने पक्षमा हुँदा लखेटिनु परो । के काना देश बनाउने भ्रम बोकेको म त्यो चुनावबाट फर्कदा रात्रीबसको छतमा काठमाडौँ फर्के । त्यसपछि पनि म गाउँमै छु, उनीहरू भने हराए । देश बनाउने ठूलो सपना देखेको म जागिरका लागि दुर्गमतिर लागेपछि देश होइन आफू भलो त जगत् भलो हुन्छ भन्ने कुरा बुझेपछि भ्रममुक्त भएँ ! तब न टोलझोलेमा रूपान्तरण भएँ ।
किन टोलेझोलेमा रूपान्तरण हुनुभो भन्नुहोला ? नभए जागिर पाइन्छ र यो मुलुकमा ? अहँ पाइँदैन । जाबो पत्रकार महासंघको चुनावमा भोट हाल्न पाइने सदस्यता लिन त योग्यताले पुग्दैन, आफ्नै संगठन चाहिन्छ भने जागिर त परको कुरा भइहाल्यो नि । त्यहाँ लागेपछि पद सजिलै पाइने, पदले पैसा र प्रतिष्ठा दिने, कार्यालय प्रमुखलाई नटेर्न पाइने उस्तै परे धम्काउन पाइने, पद नपाए वल्लोपल्लो घरको टोलझोले पनि सजिलै बन्न सकिने, काम गरे पनि हुने नगरे पनि हुने, भ्रष्टाचार नगरीकनै भ्रष्टाचार गर्न पाइने यी सुविधा स्वतन्त्रलाई कसले दिन्छ र ? अझ परदेशभित्र पनि आफ्नो र पराई हुने अनि नबनेर भो त ? यसो तिकडमबाजी गर्न मिटिङ् बस्यो सके एकलौटी गर्न पाइने नसके आफूलाई फाइदा हेरेर सहयोग लिन सकिने रणनीति बनायो । टोलेझोले भएपछि निराश बन्नु पर्दो रहेनछ । कोशिश गरिराछौँ नआतिनुस् तपाईंको काम हुन्छ, भोलि हुन्छ, पर्सि हुन्छ …।

खस्ला र खाउँला भन्दै आशा गर्यो बाह्र वर्षसम्म अत्तोपतो नहुँदा पनि सिरानमुनि डोरी राख्नु नपर्ने आशावादी भइरहन पाइने अनि नबनेर भो ?
त्यो सांसद कोषको रकम राज्यकोषमा दाखिल गर्न सांसदहरू नमान्नुको कारण पनि यिनै टोलेझोले रचन । खै कताका हो सांसदले निकै दुखेसो गर्छन् रे मन मिल्नेहरूसँग भनेर मेरा आफन्तले हालै खुलासा गर्नु भो । कुरा के परेछ भने टोलेझोलेले दाई ! पोखरी खन्न परो पैसा चाहियो भनेछन् । उनले दिएछन् । एकबर्षपछि फेरि खेल मैदान बनाउनुपरो भनेछन् फेरि दिएछन् ।

तेस्रो वर्ष उनी आउँदा त न पोखरी न खेल मैदान नै । गाउँमा कुरा बुझ्दा पहिला सानो पोखरी खने रे पछि त्यही पोखरी पुरेर भलिबल मैदान गराका रे ! तापनि उनी तिनीहरूलाई चिढाउन सक्दा रहेनछन् । पार्टीका कार्यक्रममा उनीहरूलाई अगाडि लाउँदा अपजस उनकै थाप्लोमा रे ! जनताको अपजस आफैँ बोक्नु उनको बाध्यता रच । भोलि हात हल्लाएर र मिलाएर अभिवादन गर्ने व्यवस्था मिलाई चुनाव जिताउने त फेरि उनीहरू नै हुन् । तसर्थ उनले पवित्र भावना त्यागेका छन् रे ! उनी आफै भ्रष्टाचार त कहाँ पो गर्छन् र विचरा ? अरूले पो फसाका । अरू त अरू टोलझोलेले कोरोनालाई नि माथ गरिदिए ! कुरिनटाइन र आइसुलेसन अनुगमन गर्न आउने नेताका अघिपछि लर्को लाग्दा कोरोना भाग्यो रे । कोही कुरिनटाइनमा बस्न आइहाल्यो भने अघि सरेर बुझ्न यिनै जाँदा रहेछन् । नियम त जनतालाई पो हो यिनीहरुलाई कहाँ हुनु ? यिनैको सिको गर्नेमा क्यामरावालाहरू फ्रन्टलाइनमा हुँदा रहेछन् । घरमा मागेर काम चलाए पनि बजारमा यिनी नगई हुँदो रहेनछ । अनि विचरा कोरोनाको सातो किन नजाओस् ?

उनको नाम लिस्टमा चढेको छ रे ! कोरोनाको बीचमा सहरतिर एउटा तिकडम भयो रे ! पक्ष र विपक्षमा टोलझोलेहरू कराइरहेका छन् । कथित प्रजातन्त्रको उपहार कर्मचारी नियुक्ति हाम्रै दलको, शिक्षक नियुक्ति हाम्रै दलको, ब्याक डेट राखेर शनिबार प्रअ नियुक्ति हाम्रै दलको, जिल्ला प्रमुख हाम्रै दलको, निर्वाचन गराउने अधिकृत हाम्रै दलको, सदस्यता खरिदबिक्रीबाट हाम्रै दल बनाउने अभियान पनि हाम्रै । यिनीहरु सिन्दुर हालेर घर भित्राउन पनि मापाका भएछन् ।

खै कताकी गाउँकी आन्टीलाई यो कोरोना आउला र आफ्नो श्रीमान् विदेशमा अलपत्र पर्ला भन्ने के थाहा ? उनी त चुनावमा भोट हाल्न गएकी रहिनछन् । बिरामी छु भनेर सुतिछन् । सरकारले पठाको राहत बाँड्ने बेला स्थानीय सरकारले भोटिङ् लिस्ट हेरेछ । बडो प्रतिष्पर्धामा चुनाव जितेका कारण भोट हाल्न नगकाको भोट हालिदिने सुविधा रहेनछ । ती आन्टीले त भोटै खसालेकी रहिनछन् अनि राहत उनलाई दिनुपर्ने कुनै कारणै देखिएन । उनको पीडा चर्को स्वरले कसैले सुनाएपछि टोलझोलेले आश्वासन ल्याएका छन् रे अब फेरि आएछ भने दिउँला भन्ने ।
उनको नाम लिस्टमा चढेको छ रे ! कोरोनाको बीचमा सहरतिर एउटा तिकडम भयो रे ! पक्ष र विपक्षमा टोलझोलेहरू कराइरहेका छन् । कथित प्रजातन्त्रको उपहार कर्मचारी नियुक्ति हाम्रै दलको, शिक्षक नियुक्ति हाम्रै दलको, ब्याक डेट राखेर शनिबार प्रअ नियुक्ति हाम्रै दलको, जिल्ला प्रमुख हाम्रै दलको, निर्वाचन गराउने अधिकृत हाम्रै दलको, सदस्यता खरिदबिक्रीबाट हाम्रै दल बनाउने अभियान पनि हाम्रै । यिनीहरु सिन्दुर हालेर घर भित्राउन पनि मापाका भएछन् ।
यस्तो सिन्दुर कर्ममा अलिअलि जबरजस्ती गर्नु स्वाभाविक नै हो । के के हो के के जग हामीले कहाँ बाँकी राख्यौं र ? जग नबनेको घर कसरी बलियो होस् । सिकाउने दाई सिक्ने भाई । तसर्थ तपाईंले यो प्रजातन्त्रमा भोट हाले पनि हुन्छ नहाले पनि हुन्छ केही फरक पर्दैन तर टोलझोले चाहिँ हुनैपर्छ । हाम्रै मान्छे बनाउने अभियान तलदेखि माथिसम्म चलाउनै पर्छ । जायज नाजायज भन्ने हुन्न सके अगाडि नसके पछाडि त आफ्नै घर हो ।
कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं आज राति एउटा शुभ सपना देखेँ । सपनामा हाम्रो देशको आयुर्वेद अनुसन्धान केन्द्रले कोरानाको आर्युवेदिक औषधी खोजी गर्न लागेछ । चर्को घाम खपेका र शीतल छहारीमा बसेका टोलेझोलेहरूले हामी सक्दैनौं भनेर राजिनामा दिएछन् । विषम परिस्थितिमा रोष्टर हेर्दा सबभन्दा पुछारका पो कामकाजी रहेछन् । सिफारिस ल्याउन नसकेर पुछारमा परेका रचन । केन्द्रले उनैलाई जिम्मा दिएछ । उनलाई आफ्नो समिति बनाउने पनि जिम्मा दिइएछ । नभन्दै उनले मान्छेमा औषधी परीक्षण गरेर संसारलाई चकित पारेछन् । त्यही मिठो सपना देखिरहेको निद्रा फोनको अलार्मले टुट्यो । जय टोलेझोले !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->