बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेकपामा चुलिँदो अविश्वास

नेकपामा चुलिँदो अविश्वास


  • दुर्गा भण्डारी
  • बैशाख २५ २०७७, बिहिबार

नेपालको प्रमुख राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र दुई हप्ताअघि देखिएको चर्को बिवाद अहिले समाप्त भएको छ । संसारबाटै कम्युनिष्ट पार्टी हराएको बेला नेपालमा भने अहिलेसम्म कम्युनिष्टहरु उदाउँदो अवस्थामै छन् । स्थायित्व, बिकास र समृद्धिका लागि नेपालका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ भनेर कम्युनिष्टहरु एक भए । दुई बर्षअघि लोकप्रिय पार्टी नेकपा एमाले र अर्को जनयुद्ध लडेर आएको पार्टी माओवादी केन्द्र एक भएका हुन् । दुई कम्युनिष्ट पार्टीहरुको एकतापछि शक्तिशाली र ठूलो बनेको नेकपाको एकता भड्काउन अहिले देशीबिदेशी कम्युनिष्ट बिरोधीको चलखेल बढेको छ । उनीहरुले पार्टीभित्रै सुसुप्त अवस्थामा रहेको असन्तुष्टीलाई सल्काउने काम गरेका छन् । खासगरी पार्टीभित्र विधि र प्रक्रियागत असन्तुष्टी नभएर सत्ता हत्याउने खेल भएको छ । पार्टीभित्र अहिले सत्ता स्वार्थलाई लिएर कपिय नेताहरुमा बिचलन आएको देखिन्छ । एक दिन एउटा सहमति जुट्यो अर्कोदिन आफैले गरेको सहमति भत्काउने गरेका छन् । आफ्नो मान, ईज्जत, प्रतिष्ठा र धर्यता नगरी केवल सत्ता केन्द्रित भएर जस्तोसुकै गठबन्धन गर्न पनि तयार हुन्छन् । इतिहासमा भएका नराम्रा घटनाहरु फेरी पनि दोहो¥याउन खोज्दैछन् उनीहरु । यो प्रबृतिले नेपालका कम्युनिष्टहरु त सकिन्छन् नै देश पनि अस्थिरतातर्फ धकेलिन्छ । ०४८ र ०५६ मा नेपाली कांगे्रसले बहुमत ल्याएको थियो । काँग्रेसभित्रको आन्तरिक कलहले गर्दा पुरा अबधिसम्म सरकार चलाउन पाएन । ०४८ र ०५६ को निर्वाचनमा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा गएको थियो । भट्टराईकै कारण निर्वाचनमा बहुमत हासिल ग¥यो । उनी प्रधानमन्त्री भएपछि पार्टीभित्र षडयन्त्र भयो । भट्टराई प्रधानमन्त्री भएको गिरिजा प्रसाद कोईरालालाई मन परेन र भट्टराईलाई राजिनामा गराउन बाध्य पारियो । सो समयदेखि नै नेपालमा अस्थिरता र सत्ताका लागि फोहरी खेल शुरु भयो । अहिले फेरी त्यसैको पुनरावृत्ति गर्ने दुष्साहस भएको छ ।
विगतमा पन्ध्र बर्ष नेकपा एमालेको महासचिव भएर बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई कस्तो अवस्थामा पु¥याउनु भयो, यो सबैमा जगजाहेर छ । न भाले न पोथीको एमाले केपी ओलीको नेतृत्व पाएपछि भाले बन्यो । सबैभन्दा शक्ति भन्ने अर्थमा भनिएको हो । कुनै नीति तथा सिद्धान्तमा अडिक नभएको, अडान नभएको पार्टीको रुपमा चिनिन्थ्यो । एमालेका तत्कालिन महासचिव माधव कुमार नेपाल लामो समयसम्म सत्तामै लहसिनु भयो । जुन गठबन्धनमा पनि मिल्न जाने फगत ब्यक्तिगत फाईदाका लागि । कहिले पूर्वराजा ज्ञानेन्द्र शाहकहाँ दाम चढाउन जाने, पहिलो संबिधानसभामा दुई ठाउँबाट हार्दा पनि कठपुतली प्रधानमन्त्री बन्न पाउनु भयो । पार्टीकै मुख्य मान्छेको नैतिकता नामको चिज नभएपछि पार्टी कहाँबाट उभोँ लागोस् त ! अहिले पनि पार्टीभित्र केही स्वार्थीहरुलाई हातमा लिई भाँडभैलो मच्चाउदै हुनुहुन्छ, कसैको उक्साहटमा आफ्नो अभिष्ट पुरा गर्न लाग्नुभएको छ उहाँ । संसदमा हारेका बेला प्रधानमन्त्री र पार्टीमा हारेका बेला पार्टी अध्यक्ष खोज्नु कुन नैतिकताले दिन्छ ।

तलका पार्टी कार्यकर्ता जनताले कसलाई कति मन पराउँछन् भन्ने कुरा बुझ्न जनमतमा जाँदा हुन्छ । जालझेल र षडयन्त्र गरेर तत्कालका लागि फाईदा लिने कामले दिर्घकालिन रुपमा टाउको उठाउने ठाउँसमेत रहदैन । यसरी क्षणिक राजनीति गर्ने की दिगो नेतृत्व दिने च्वाईस आफैसंग छ । लामो समय पार्टी संचालन गरिसक्नु भएका, उमेरले परिपक्व नेता, कसैको बुई चढेर प्रधानमन्त्री बन्न पाईन्छ भन्ने कुरा नसोच्दा राम्रो हुन्छ ।

आशा गर्नु आफ्नो ठाउँमा होला तर झगडा गरेर अध्यक्ष पाउने कुरा हो ? अध्यक्ष हुनका लागि फेरी महाधिबेशनमा जानु पर्ने होईन र ? आफै बिधि र प्रक्रियाको कुरा गर्ने तर आफै मिच्ने ? द्वेध चरित्र देखाउन पाईन्छ ? अहिले पनि संचारमाध्यमबाट ‘पदको लोभी होईन, मैले छोडदिएँ’ भन्नेजस्ता अभिब्यक्ति दिन संकोच मान्नु पर्ने हो । जुन पद, नेता नेपालले आर्जन गरेकै हैन, उहाँको मेहनतबाट पार्टीले बहुमत प्राप्त गरेको पनि हैन । निर्वाचनका बेला उहाँलाई चुनाव जित्न हम्मे–हम्मे परेको थियो । केपी ओली अस्वस्थ्य हुँदा पनि मेची महाकाली गर्नुपर्ने अवस्था थियो । नेता नेपालको बोली र आस्वासनमा कुनै दम थिएन । उहाँले भोट मागेर यो बहुमत प्राप्त भएको पनि होईन । स्थिरता, बिकास र समृद्धिको नारा उहाँको पनि होईन । बर्तमान प्रधानमन्त्री केपी शर्मा आलीले आफ्नै बलबुताले प्राप्त गरेको बहुमतको सरकारलाई गिराउने दुस्साहस कैसैले गर्छ भने त्यो अप्रिय हुन्छ । यो बहुमत न दाहालको न नेपालको हो, पाँच बर्ष प्रधानमन्त्री बन्नका लागि चुनावको आइकन बनेका ओलीले प्राप्त गरेको जनमत हो । त्यसकारण सामाजिक संजाल र अनलाईनहरुमा चर्का कुराहरु लेख्दैमा, बोल्दैमा केही झर्नेवाला छैन । तलका पार्टी कार्यकर्ता जनताले कसलाई कति मन पराउँछन् भन्ने कुरा बुझ्न जनमतमा जाँदा हुन्छ । जालझेल र षडयन्त्र गरेर तत्कालका लागि फाईदा लिने कामले दिर्घकालिन रुपमा टाउको उठाउने ठाउँसमेत रहदैन । यसरी क्षणिक राजनीति गर्ने की दिगो नेतृत्व दिने च्वाईस आफैसंग छ । लामो समय पार्टी संचालन गरिसक्नु भएका, उमेरले परिपक्व नेता, कसैको बुई चढेर प्रधानमन्त्री बन्न पाईन्छ भन्ने कुरा नसोच्दा राम्रो हुन्छ । आफ्नो फाईदाका लागि आज तपाई बोक्छन, सँधै अर्काको कठपुतली बन्ने ? सत्ता हत्याउनका लागि आत्मसम्मान बन्धक राख्न सुहाउँछ ? यसपटक तपाईलाई बोक्नेले अर्कोपटक तपाईलाई भूँईमा पर्छाछन् अनि के हालत हुन्छ, नेता ज्यू ?
सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी प्रयास गरिरहेको छ । कोरोनाको महामारी बढ्दै गएको र राष्ट्रिय संकटका बेला सरकार गिराउने खेल खेल्नु आफैमा घृणित काम हो । देश बनाउँ, भ्रष्टाचार नियन्त्रण गरौं, बिकास गरौं भन्ने कोही पनि नेता छैन । अहिले सरकारले केही संगठित अपराध, कालोधन नियन्त्रण गर्ने, भष्टाचार रोक्ने प्रयास गर्दै थियो । तर पार्टीभित्रकै केही नेताहरुले आफ्नो स्वार्थका लागि उल्टै सरकारले भ्रष्टाचार गरेको प्रचार गराईयो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएदेखिनै पार्टीभित्रबाटै केही नेताहरुको झुण्डले सुनियोजित रुपमा बिभिन्न काण्डहरु रच्दै बदनाम गराउँदै आएका छन् । अहिले पनि नेकपाका केही चालवाज नेताहरु जो आ–आफ्नै ब्यक्तिगत स्वार्थमा लिप्त छन् । उनीहरुबीच एकअर्कामा बोली र ब्यवहारमा बिश्वास पनि छैन । कसैको प्रधानमन्त्री बन्ने स्वार्थ, कसैको मन्त्री बन्ने, कसैको केन्द्रिय राजनीतिमा हाबी हुने, कोहीको क्षेत्रिय राजनीति त कसैको स्थानीय, शंकै–शंका छ । केही दिनअघि बसेको सचिवालय बैठक पनि बोली एउटा काम अर्कै देखिएको छ । यस बिचमा पनि नेताहरु राम्रो र मिलाउने काममा होईन भड्काउनलाई घर–घरै जाने गरेको पाईयो । पार्टीका नेता कार्यकर्ताहरुमा मुद्दाको आधारमा राम्रो र नराम्रो कामको मुल्यांकन गर्ने हाईन की स्वार्थ र नेताले भनेका आधारमा जाने प्रबृत्ति देखियो । केही नेताका कारण कमिटीमा भएका केही कार्यकर्ताले अहिले बिबेक गुमाईसकेका छन् । नेताहरुले पार्टीको भबिष्य नहेर्ने भएपछि झिनो स्वार्थका लागि नेताहरुलाई उकास्नु उचित होईन । राजनीतिमै भबिष्य देखेका कार्यकर्ताले पार्टीलाई जोगाउने प्रयत्न गर्नुपर्छ । नेताहरुबीच दुरी बढाउने होईन आपसी सहमति र समझदारी कायम गराउनु पर्छ ।

यो पनि पढ्नुस् :अध्यादेशको क्लियरकट सन्देश !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->