बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गर्भपतन र यसबाट हुने असरहरू

गर्भपतन र यसबाट हुने असरहरू

सावधान: यो स्वास्थ्य सामग्री पढेर तपाँईले आफुखुशी औषधीको प्रयोग र परिवर्तन नगर्नुहोला ।


  • कृष्ण कुमार सैजु
  • बैशाख २६ २०७७, शुक्रबार

गर्भपतन
गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न बाध्यता हुन्छन् । गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ताभन्दा पहिले गर्भमा भएका भु्रण, विकसित भु्रण अथवा शिशु बाहिर निस्कने प्रक्रियालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ताअघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । असुरक्षित गर्भपतन रोक्नु हाम्रो दाहित्व हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मान्यता दिएको छ । अन्य जर्बजस्ती करणी र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ ।
प्राकृतिक रूपमै गर्भपतनका कारणहरू
वंशाणुगत विकृति तथा गर्भवती महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ ।
पाठेघरको विकृति भएका पनि गर्भपतन हुनसक्छ, जस्तै ः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि ।
पाठेघरको संक्रमण जस्तै : साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिसजस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ । कुनै–कुनै महिलामा केही पुरुषको बिर्य ग्रहण नगर्ने समस्या हुन्छ । प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भु्रणबाहिर फ्यालिदिन्छ ।
हर्मनको गडबडी जस्तै : मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनिगर्भपतन हुने सम्भावना हुन्छ । इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ । गर्भवति अवस्थामा गह्रौ भारी उचाल्नु
गर्भपतनका प्रकारहरू
इन्ड्युस्ड गर्भपतन
आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सहयोगमा गर्भपतन गराउने कार्यलाईइन्ड्युस्ड गर्भपतन भनिन्छ । यसलाई अंग्रेजीमा ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी’ भनिन्छ ।
आपराधिक गर्भपतन
अवैध रूपमा गर्भपतनका लागि स्वास्थ्यकर्मी वा अरु कसैले केही पदार्थ, औषधी आदी प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई आपराधिक गर्भपतन अथवा अवैधानिक गर्भपतन भनिन्छ । यस्तो क्रियाकलापले आमाको मृत्युसमेत हुने सम्भावना भएको हुनाले यसलाई आपराधिक गर्भपतन भनिएको हो । यसरी गर्भपतन गराउँदा संक्रमण, रक्तस्राव, मिर्गौलाले काम नगर्नु आदि कारणले आमाको मृत्यु हुन सक्छ ।
अपरिहार्य गर्भपतन
महिलाको पाठेघरमा भएको भु्रण परिपक्व नभई अचानक गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुने र दुख्न थालेमा अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।
अपूर्ण गर्भपतन
गर्भवती महिलाको पाठेघरमा रहेको भु्रण अथवा सालको केही भागमात्र बाहिर निस्किएर हुने गर्भपतनलाई अपूर्ण गर्भपतन भनिन्छ । भु्रण अथवा सालको केही भागमात्र बाहिर निस्कने र केही भाग भित्रनै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस तथा अत्याधिक रक्तस्रावका कारण मृत्युसमेत डर हुन्छ ।
पूर्ण गर्भपतन
भु्रण अथवा सालनाल सबै बाहिर निस्किएको अवस्थालाई पूर्ण गर्भपतन भनिन्छ । यस्तो बेलामा गर्भवती महिलालाई बेथा लागेजस्तै गरी दुख्छ । गर्भमा रहेका सम्पूर्ण विकारहरू बाहिर निस्किने हुनाले पूर्ण गर्भपतन भएपछि बिस्तारै दुखाई तथा रक्तस्राव कम हुँदै जान्छ ।
ह्याबिचुअल एबोर्सन
कुनैपनि कारणले एकै महिलाको दुई वा दुईभन्दा बढीपटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन ९गर्भपतन हुने बानी परिसकेको० भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।
मिस्ड एबोर्सन
गर्भवती महिलाको पाठेघरमा रहेको भु्रणको कुनै कारणले मृत्यु भएमा वा पाठेघरभित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्डएबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनियसको पहिचान गर्न सकिन्छ ।
सुरक्षित गर्भपात
एक महिनासम्मको गर्भलाई औषधीबाट पनि समाप्त गरिन्छ । किनभने यो भु्रणको सुरुवाती अवस्था हो । तर, योभन्दा बढी समयको गर्भ समाप्तका लागि अर्बोसन नै गर्नुपर्छ जो उपकरणको माध्यामबाट हुन्छ । सुरक्षित गर्भपात भ्याकुम एस्पिरेशन विधी हो । यसमा योग्य चिकित्सकद्वारा विशेष प्रकारको ट्युब योनीको बाटोहुँदै गर्भाशयमा पु¥याइन्छ र भु्रणलाई तानेर बाहिर निकालिन्छ । यो एक सरल र सुरक्षित विधी हो । गर्भमा रहेका केहि अंश क्यूरेटरको माध्याबाट निकालिन्छ । क्यूरेटर चम्चाको आकारको एक उपकरण हो ।
असुरक्षित गर्भपतन
निम्न लिखित अवस्थामा गरिएको गर्भपतनलाई असुरक्षित गर्भपतन भनिन्छ ।
–१२ हप्ताभन्दा बढि भएको गर्भ
–गर्भपतन गर्न आवस्यक तालिम नलिएका स्वास्थ्यकर्मी वा गर्भपतन गर्ने अनुमति प्राप्त नगरेका व्यक्तिबाट गरिएको गर्भपतन
–स्तरिय सेवा प्रदान गर्न आवस्यक पर्ने न्यूनतम सुविधा नभएका र अनुमति प्राप्त नगरेका सरकारी
–निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा गरिइको गर्भपतन
–ज्यानलाई जोखिम हुनेगरि कुनै औषधि खाएर वा प्रयोग गरेर गरिएको गर्भपतन ।
खतरनाक अवस्था
–गर्भपतन पुर्णरुपमा नहुने
–बढि रक्तश्राव हुने, ज्वरो आउने र बेहोस हुने
–पाठेघरमा संक्रमण हुने

यो पनि पढौंः चट्याङ के हो रु कसरी बच्ने ?

असुरक्षित गर्भपतनले निम्त्याउन सक्ने समस्याहरू
गर्भपतन आजको समयमा महत्वपूर्ण विषय हो, तर अझै पनि धेरैमा यसबारे जानकारी छैन । स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपतन गराएमा खासै असर पर्दैन । तर, समाजमा बेइज्जत हुने डर, अनिच्छित गर्भधारण आदि विभिन्न कारणले गर्दा धेरैले असुरक्षित गर्भपतन गराउँछन् । औषधिको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराइन्छ । औषधिको प्रयोगबाट ९ हप्ताको गर्भ र औजारको प्रयोगबाट १२ हप्ताको गर्भपतन गर्न सकिन्छ । तर, अनुभवी चिकित्सकबाट गर्भपतन नगराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ । गर्भपतन महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्नुपर्छ । तर, समाजमा बेइज्जती हुने डरका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । खासगरी अनिच्छित गर्भपतन गराउने अविवाहित महिलाको संख्या धेरै पाइन्छ ।
गर्भपतन पूर्ण रूपमा नहुनु
औषधि पसलबाट किनेका विभिन्न औषधिको आफूखुशी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजान सक्छ । गर्भ आधामात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्कीने सम्भावना धेरै रहन्छ । जसले संक्रमण भई क्यान्सर हुने डरसमेत रहन्छ । पाठेघरको संक्रमण पाठेघरमा मात्र सीमित नभई रगतमा पनि फैलिन सक्छ । जुन निकै घातक हुने गर्छ ।
अत्यधिक रक्तस्राव
कतिपयले मेडिकलबाट औषधि किनेर सिधै प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असर पर्छन् । अत्याधिक रक्तश्रावले ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने गर्छ ।
पाठेघरको संक्रमण
खासगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम रहन्छ । यसले विभिन्न संक्रमण हुन सक्छ । जसकारण सेतो पानी बग्ने, पाठेघरमा क्यान्सर हुनेसमेत हुन्छ । कतिपय अवस्थामा पछि गएर बाँझोपनको समस्या पनि हुने गर्छ । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा ज्यान पनि जान सक्छ । तसर्थ गर्भपतन गराउँदा सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्था र अनुभवी चिकित्सकको पूर्ण निगरानीमा मात्र गराउनुपर्छ । यी बिभिन्न कारणहरूले गर्दा शरीरका आन्तरिक अंगहरूमा बिकार भई बाहीरी लक्षणस्वरूप अनुहारको छालामा प्रतियक्ष रूपमा चांयापोते, डार्क सर्कल, रिंकल्स आदी देखिन्छ ।
कसरी रोकथाम गर्न सकिन्छ  ?
सरकारले आर्थिक वर्ष २०७३/७४ बाट सुरक्षित गर्भपतन सेवा सम्पूर्ण रुपले निःशुल्क गर्ने निर्णय गरेको छ । सूचीकृत स्वास्थ्य संस्थाहरुमा यो सेवा २०७३ साल पुस १ गतेबाट पूर्णरुपमा निःशुल्क छ । तर पनि विविध कारणले धेरै जना यो सेवाबाट बञ्चित छन् । गर्भपतन गराउनुभन्दा सर्वप्रथमतः अनिच्छित गर्भनै रोक्नु जरुरी छ । त्यसका लागि परिवार नियोजनका साधनहरु सर्वसुलभ हुनुपर्यो । ग्रामीण क्षेत्रमासमेत यसबारे जनचेतनामूलक कार्यक्रमहरु चलाउनुपर्यो ।
सरकारले निःशुल्क रुपमा गर्भपतन सेवा ल्याए पनि अझै राम्ररी कार्यान्वयनमा आउन सकेको छैन । निजीस्तरका स्वास्थ्य संस्थाबाट गराइने गर्भपतन सेवाको शुल्कमा पनि एकरुपता भए धेरै जना ठगिनबाट जोगिने थिए । कहाँ सर्वसुलभ सेवा उपलब्ध छ भनेर अझै पनि आम जनमानसमा जानकारी पुगिसकेको छैन । भौगोलिक स्थितीले पनि यो कुरामा अर्थ राख्छ । दुर्गमका धेरैजसो महिलाहरु गर्भपतन गराउन टाढा पुग्नुपर्ने बाध्यता छ । त्यसैगरी, १२ हप्तासम्मको मात्र गर्भपतन गराउने व्यवस्था छ । जानकारीको अभाव र टाढा पुग्नुपर्ने हुँदा समय घर्केपछि असुरक्षित गर्भपतन गराउन बाध्य हुन्छन् ग्रामीण महिला । अर्को कुरा, परिवारमा छलफल नै हुँदैन । महिलाले पनि आफ्ना कुराहरु राख्न नसक्दा लुकिछिपी असुरक्षित गर्भपतन गराउनुपर्ने हुन्छ । त्यसैले गर्भपतन सेवा सबैको पहुँचमा हुनुपर्यो । अनिच्छित गर्भपतन रोक्न सरकारले परिवार नियोजनको साधनको सेवा प्रभावकारी बनाउनुपर्छ । गर्भपतन गराउने संस्थाहरुको अझ धेरै विस्तार हुन जरुरी देखिन्छ । अस्पतालमा गोपनियता नहुने भन्ने भ्रम छ, त्यो पनि चिर्न जरुरी छ ।
सबधान: यो स्वास्थ्य सामग्री पढेर तपाँईले आफुखुशी औषधीको प्रयोग र परिवर्तन नगर्नुहोला ।

यो पनि पढौंः कोरोना भाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->