पोखरा, २८ वैशाख– स्याङ्जामा चट्याङ लागेर एक जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ फिस्लेका भुवनसिंह सिंजालीको घरमा चट्याङ पर्दा उनकी श्रीमति घाइते भएको प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षकी सुमित्रा सिंजाली चट्याङले लागेर घाइते भएको प्रहरीले जानकारी दियो । घाइते सुमित्रालाई वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि पोखराको मनिपाल अस्पतालमा पठाइएको हो । चट्याङ लागेर घाइते बनेकी सुमित्रा बेहोस अवस्थामै रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको छ ।





