शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका पत्रकार काफ्लले आरडिटी कीट सहयोग गरे

स्याङ्जाका पत्रकार काफ्लले आरडिटी कीट सहयोग गरे


  • हिमलाल पराजुली
  • जेष्ठ २ २०७७, शुक्रबार

स्याङ्जा, २ वैशाख – विश्वभर फैलिएको कोरोना महामारीका कारण कोरोना परिक्षणका लागि कीटको अभाव भैइरहेको बेला स्याङजाका पत्रकारले आरडिटी कीट सहयोग गरेका छन् । जोखिम मोलेर कोरोना भाइरस (कोभिड १९को ) रिपोटिङमा खटिएका पत्रकारहरुलाई राहत दिनुपर्ने माग भइरहेका बेला यहाँका पत्रकार अर्जुन काफ्ले भने कोरोना परिक्षणका लागि आरडिटी कीट सहयोग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका स्याङ्जा समाचारदाता काफ्लेले जिल्ला प्रशासन कार्यालयमा पुगेर २० थान आरडिटी कीट सहयोग गरेका हुन ।
जिल्लामा आरडिटी कीट अभाव हुँदा क्वारेन्टाईनमा रहेकाहरुलाई कोरोना परिक्षण नगरी घर पठाईरहेको अवस्थामा पत्रकार काफ्लेले जिल्ला विपत व्यवस्थापन कोषलाई आरडिटी कीट सहयोग गरेको वताए ।
कोरोनाको महामारीले देश संकटमा परेको बेला सहयोग गरेको काफ्लेले बताए । उनले भने, ‘पत्रकारिता पेशा एकातिर छ तर अर्कोतिर देश संकटमा रहेका बेला हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्छ भन्ने लागेर कीट सहयोग गरेँ ।’ जिल्लामा कीट अभाव भएका बेला पत्रकार काफ्लेले प्रदान गरेको कीट सहयोग जिल्लाका लागि निकै महत्वपुर्ण सहयोग भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताए । यसअघि काफ्लेले अर्जुनचौपारी गाउँपालिकाको विपत व्यवस्थापन कोषमा रु. १० हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->