`

विदेशबाट फर्किन चाहनेको मोबाइल एपबाट तथ्यांक संकलन


  • ढोरपाटन संवाददाता
  • शनिबार, जेष्ठ १०, २०७७

स्याङ्जा, १० जेठ– कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहने युवाहरुको नामावली संकलन गर्न सुरु गरेको छ । कोरोनाको महामारीसंगै विदेशमा रहेका गाउँपालिकाबासीको तथ्यांक संकलनको लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल आउन चाहने गाउँपालिकाबासीहरुको तथ्यांक संकलन गरिएको र अहिलेसम्म ४ सय बढीले आवेदन दिइसकेको सुवेदीले बताए । विदेशबाट फर्किएकाहरुलाई युवा स्वरोजगार बंैकमार्फत रोजगारी दिने योजनामा गाउँपालिका रहेको अध्यक्ष सुवेदीको भनाई छ ।
‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु समुहमा काम गर्न चाहेमा समुहलाई ५ लाख रुपैयासम्म बिनाधितो ऋण दिन्छौ’ अध्यक्ष सुवेदीले भने, ‘युवाहरुलाई गाउँमै बस्न सक्ने वातावरण निर्माण नहुँदासम्म देशको विकास सम्भव नभएको हुँदा गाउँघरमै रोजगारी सिर्जना गर्ने अधियानमा गाउँपालिका लागिपरेको छ ।’
कृषि, पशुपालन र घरेलु उद्योग गर्न चाहने युवाहरुको समुहलाई बिना धितोमा ब्याज तिर्न नपर्ने गरि लगानी गरिएको सो रकम किस्ताबन्दीमा पाँच वर्षसम्ममा फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology