पोखरा, २६ जेठ – चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको स्याङ्जाका पुरुषको शव अलपत्र परेको छ । अहिलेसम्म शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र छ । शव बोक्नका लागि हालसम्म कुनै चालक तयार भएका छैनन् । शव लैजान नेपाली सेनाको टोली ३ पटक अस्पाल पुगेर फर्किएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु भएकाको शव जलाउनु पर्ने भए पनि जातीय संस्कारअनुसार गाड्नु पर्ने भएकोले हालसम्म घाटको टुंगो लाग्न सकेको छैन ।




