सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मातृभूमि सहकारीद्वारा कोरोना कोषमा सहयोग

मातृभूमि सहकारीद्वारा कोरोना कोषमा सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

बागलुङ, ९ असार– मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १३ औँ स्थापना दिवसका अवसरमा आज बागलुङ नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना महामारीबाट प्रभावितको उद्धार र राहतका लागि सहयोग पुगोस् भन्ने हेतुले रु. १३ हजार कोषमा प्रदान गरिएको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष गुणराज पौडेललगायत पदाधिकारीहरुको उपस्थितीमा सहयोग रकमको ‘चेक’ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरिएको थियो । नगरप्रमुख पौडेलले आफूसमेत शेयर सदस्य रहेको सहकारीले गरेको सहयोगप्रति खुसी व्यक्त गरेका थिए । उनले कोषमा जम्मा भएको रकम सङ्कटमा परेकाको उद्धार र राहतमा खर्च गरिने बताए । सहकारीका अध्यक्ष पौडेलले स्थापना दिवसमा सानो भएपनि परोपकारी उद्देश्य राखेर राहत कोषमा सहयोग गरिएको बताए । कोरोनाको जोखिमका कारण ठूलो कार्यक्रम गर्न नसकिएको सहकारीका सचिव रामप्रसाद शर्माले बताए । सहकारीको कार्यालयमा दीप प्रज्वलन र पदाधिकारी–कर्मचारीबीच शुभकामना आदानप्रदान गरेर दिवस मनाइएको थियो । सहकारीमा तीन सयबढी शेयर सदस्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->