शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् ।


  • श्याम राना मगर
  • असार ११ २०७७, बिहिबार

पोखरा, ११ असार – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११.५५ मा उनको मृत्यु भएको हो ।
मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षिय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->