बागलुङ, १३ असार– आफ्नै घरमा लुकाई राखेको एकनाले बन्दुकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कका ५५ बर्षिय दलबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आफ्नो घरमा अबैध हतियार राखेको सुराकीका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । उनको साथबाट एकनाले भरुवा बन्दुकसहित ४० ग्राम बिष्पोटक पदार्थ र १२ थान सिसासमेत बरामद भएको प्रहरी नायव उरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
बुर्तिबाङस्थित इलाका प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बुढालाई जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याउने तयारी भैरहेको छ । उनीबिरुद्ध हातहतियार तथा खरखजाना मुद्धा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।





