शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु


  • हिमलाल पराजुली
  • असार १४ २०७७, आइतबार

स्याङ्जा, १४ असार– शनिबार रातीदेखि परेको अविरल वर्षाले घर माथिबाट आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङ्लियामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४९ वर्षीय यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर घाईते भएका यामबहादुर र उनकी श्रीमती ४२ वर्षीया फुलमाया विकलाई उपचारको लागि रातीनै गल्याङ ल्याइएकोमा यामबहादुरको उपचारको क्रममा गल्याङ अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी यामबहादुरकी श्रीमती फुलमायालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । मृतक यामबहादुरका दुई छोराछोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->