शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका १४ जनामध्ये गलकोटका १०, बानपाका ४ जना

बागलुङका १४ जनामध्ये गलकोटका १०, बानपाका ४ जना

गलकोट नगरपालिकाको प्रिआइसोलेसनमा रहेका १५ जना संक्रमितको नेगेटिभ रिपोर्ट नेगेटिभ, भोलि बिहान घर पठाइने ।


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७७, सोमबार

बागलुङ, १५ असार– सोमबार बागलुङमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका सबैजना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएकाहरु हुन् ।
गलकोट नगरपालिका र बागलुङ नगरपालिकाले दिएको जानकारी अनुसार थपिएका मध्ये १० जना गलकोटका र ४ जना बागलुङ नगरपालिकाका हुन् । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार ३१, ३७, २१ र ३५ बर्षका पुरुषहरु संक्रमित भएका हुन् । उनीहरुमध्ये तीन जना भारतबाट आएका र एक जना दक्षिण कोरियाबाट आएका छन् । उनीहरु स“गै कोरोना संक्रमितको संख्या १ सय ९४ पुगेको छ । संक्रमितलाई आइसोलेसनमा लगिनेछ ।
सोमबार थपिएका सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । गलकोटमा २८ बर्षकी एक महिला पनि संक्रमित भएकी छिन् । संक्रमित सबैको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । उनीहरुलाई मंगलवार बिहान आइसोलेसनमा राखिने छ । गलकोट नगरपालिकामा भने २७, २८, २०, ५२, २३, २६, २३ र २७ बर्षका ९ जना पुरुषहरु रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।
सोमबारै गलकोट नगरपालिकाको प्रिआइसोलेसनमा रहेका १५ जना संक्रमितको नेगेटिभ रिर्पोट आएको छ । सोमबार उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । दुइ साताअघि उनीहरु संक्रमण पुष्टी भएपछि गलकोट स्थित वडा नं. २ नरेठा“टीको स्वासथ्यचौकीमा बनाइएको प्रिआइसोलेसनमा बसेका थिए । उनीहरुलाई मंगलबार बिहान डिस्चार्ज गरिने छ । सरसफाईको काम बा“की रहेकोले रिपोर्ट आएपनि सोमबार घर पठाउन नसकिएको उनले जानकारी दिए ।
मंगलवारका लागि सबैको अभिभावकलाई खवर गरिएको छ । अभिभावकको जिम्मा लगाएर पठाएपछि उनीहरुलाई कम्तिमा एक साता होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइनेछ । निको भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । पिसिआर पोजेटिभ देखिएपछि दुइसाता अघि प्रिआइसोलेसनमा सारिएको थियो । उनीहरु डिस्चार्ज भएपछि बागलुङमा निको हुनेको संख्या ३८ जना पुग्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->