पोखरा, २० असार– गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती गोरखामा भएको घटना सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ । उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन् ।





