सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वडालाई हरियाली र पहिरो नियन्त्रण गर्न बिरुवा वितरण

वडालाई हरियाली र पहिरो नियन्त्रण गर्न बिरुवा वितरण


  • हेम विश्वकर्मा
  • असार २० २०७७, शनिबार

बागलुङ (बुर्तिवाङ), २० असार– बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ ले वडालाई हरियाली र भू–क्षय नियन्त्रण गर्ने उदेश्यले बिरुवाहरु बितरण गरेको छ । शनिबार वडाका प्रत्येक बस्तीमा पुगेर धुपी, खन्यु, किम्मो, अमृसोलगायतका बिरुवाहरु बितरण गरिएको हो ।
वडाले गाउँपालिकासँगको समन्वयमा करिब ७ सय घरधुरीलाई लक्षित गरी प्रतिघर ५ वटाका दरले बिरुवा बितरण गरिएको जनाएको छ । बाढीपहिरो, भु–क्षय नियन्त्रण तथा वाताबरण हरियाली बनाउनका निम्ति २ लाख बराबरको बिरुवा ४ सय ४८ घरलाई बितरण गरिएको वडा अध्यक्ष हर्कमान घर्तिमगरले जानकारी दिए । पछिल्लो समय वन फँडानी गर्ने प्रवृत्ति बढिरहेकाले बातावरण संरक्षणका निम्ति गाउँपालिकाले अन्य वडामा पनि यस किसिमको कार्यक्रम विस्तार गर्ने योजना बनाइरहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->