सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा पहिरोले घर र सडकमा जोखिम

बागलुङमा पहिरोले घर र सडकमा जोखिम


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

बागलुङ, २६ असार– बिहिवार रातीदेखि परेको अबिरल बर्षातले जिल्लाका धेरै स्थानमा घरहरु जोखिममा परेका छन् ।
ताराखोलामा मात्रै १५ घर जोखिममा परेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ती मध्ये वडा नं. ४ का केही घरमा बढी क्षति भएको छ । तत्काल पहिरो नियन्त्रण गरेर घर जोगाउने अभियानमा लागिएको उनले बताए । वडा नं. ४ को नागबेली र ५ को धम्सरमा धेरै घर पहिरोको जोखिममा परेका हुन् ।
त्यस्तै तमानखोलामा अबिरल बर्षातले बस्तीहरु जोखिममा परेका छन् । अधिकांस बस्तीहरु खोला छेउमा भएकोले स्थानीय बासिन्दा त्रासमा बसेको अध्यक्ष जोकलाल बुढाले बताए । बर्षातले ठूलो जोखिम नभएपनि जुनसुकैबेला जोखिम हुन सक्ने भएकोले सर्तकता अपनाएको उनले बताए ।
अबिरल बर्षातकै कारण मध्यपहाडी लोकमार्गको रिघा फेदीमा पहिरो खसेर शुक्रवार बिहानदेखि दिउसो सम्म सडक अबरुद्ध भएको थियो । रातीनै खसेको पहिरो पन्छाउन स्थानीयलाई झण्डै ७ घण्टा लागेको वडा अध्यक्ष डम्बर श्रीषले बताए । अहिले उक्त खण्डमा एकतर्फी मात्रै सडक खुला भएको छ । सडक माथीदेखि लगातार ढुंगा र पहिरो खसिरहेकोले दोहोरो खुलाउन कठिन भएको उनले बताए । एस्काभेटर ल्याएर झरी रोकिएपछि पन्छाउने उनले बताए । मध्यपहाडी लोकमार्ग अबरुद्ध भएमा पश्चिमा बागलुङका चारवटा स्थानीय तहका मानिस आउजाउ गर्नबाट बञ्चित हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->