बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाबु त्रिपाठीका दुई गजल

बाबु त्रिपाठीका दुई गजल


  • बाबु त्रिपाठी
  • असार २७ २०७७, शनिबार

गजल – १

दुइटा जति किस्सा सुनाउन मन छ सुन्दिनुस् न
कतारमा बेखर्ची मेरो पनि मदन छ सुन्दिनुस् न ।

घाटमा लाने कि अस्पताल लाने दोधारमा परियो
धड्कन छैन भन्नुहुन्छ धड्कन छ सुन्दिनुस् न ।

दाइजो नदिँदाखेरि बिहे नहुने भो बहिनीको
गरिबलाई यो सामाजिक बन्धन छ सुन्दिनुस् न ।

दिन सक्नुहुन्छ भने दिनुस् मृत्यु मागिरहेका छन्
यी देशवासीको अलिकति गनगन छ सुन्दिनुस् न ।

गजल – २

कोही देशजस्तो कोही देशको खबरजस्तो
कोही नचलेको थकाली भान्साघरजस्तो ।

बोल्नेहरूको मुखमा यहाँ ताला लगाइन्छ
बस्न पनि मन छैन बनेर पत्थरजस्तो ।

गाजल लगाएको आँखा लिएर आइछौ
लाग्यो आरनबाट निस्किएको खन्जरजस्तो ।

यी मान्छेहरू हुन् जो दुःख पाइयो भन्छन्
जिन्दगी छ र त आइरन्छ त्यो अफरजस्तो ।

पर्खिनेहरूको लामो सूचीमा गएर हेर्नू
एउटा बाबु भेटिनेछ, अर्काे बगरजस्तो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->