शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आरडिटी गरेर घर पठाएकामा कोरोना संक्रमण कति ?

आरडिटी गरेर घर पठाएकामा कोरोना संक्रमण कति ?


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

बागलुङ, २७ असार– चैत पहिलो साता भारत र बिभिन्न देशमा गएका युवा गाउँ फर्किंदा समुदायमा कोरोना फैलने खतराले द्रुत परीक्षण गरियो । आरडिटी बिधिले छिटो रिपोर्ट आएपछि सबैको नेगेटिभ देखिएपछि ढुक्क बन्ने अबस्था आयो ।
एकादुईमा पोजेटिभ देखिएपनि पिसिआरबाट नेगेटिभनै भयो । तर, यो शतप्रतिशत विश्वसनीय भने होइन भन्छन् शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल काठमाण्डौका निर्देशक डा. सागरकुमार राजभण्डारी । तरपनि नेपालमा झण्डै एक लाख बढीमा यो विधिबाट पनि कोरोना परीक्षण भएका छन् ।
यसरी परीक्षण भएपछि नेगेटिभ देखिएकाहरु घर फर्केका छन् । पछिल्लो समय बागलुङको निसीखोलाले पनि यो बिधि अपनाएको छ । ७ सय ५३ जनालाई लामो समयसम्म क्वारेन्टाइनमा राख्दा पनि पिसिआर बिधिको रिपोर्ट नआएपछि आरडिटी गरेर घर पठाइएको छ । यो बिधिबाट कति सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी नभएपनि पठाउन बाध्य भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
क्वारेन्टाइनमा राखेको तीन सातासम्म पिसिआरको रिपोर्ट नआएपछि गाउ“पालिकाले ३ सय ५३ जनालाई आरडिटी परीक्षण गरेर घर पठाएको हो । जेठ पहिलो सातापछि भारत र तेस्रो मुलुकबाट आएका ७ सय ५५ जना यो पालिकामा मात्रै आएका थिए । सदरमुकामदेखि सबैभन्दा टाढाको गाउ“पालिका भएकोले सदरमुकामबाट स्वास्थ्यकर्मीसमेत समयमा नपुगेको पौडेलले गुनासो गरे । गएकाले पनि एकपटकमा २० देखि २५ जनाको मात्रै स्वाब संकलन गरेर फर्कने, त्सको रिपोर्ट आउन १८ देखि २१ दिनसम्म लाग्ने भएपनि सानो श्रोतबाट खर्च थेग्न नसकेको उनको गुनासो छ । रिपोर्ट ढिला हु“दा दैनिक ३ लाख रुपैया“सम्म खाना खर्च आउने गरेको थियो । गाउ“पालिकाले खर्च धान्न नसकेपछि घर पठाउन बाध्य भएको उपाध्यक्ष शोभा कार्कीले बताइन् ।
स्वाब संकलनअघि र पछि २८ दिनसम्म राख्नु पर्दा हैरान खेपेपछि गाउ“पालिकाले व्यवस्थित क्वारेन्टाइनसमेत बनाउन नसकेको उनले गुनासो गरिन् । गाउ“पालिकाले खर्च बचाउन आधा बढीलाई आरडिटी गरेर घर पठाएको हो । ‘खर्च पनि धान्न सकिएन, क्वारेन्टाइनमा बसेकाले पनि हैरान भएर भाग्ने चेतावनी दिए, त्यसैले आरडिटी गरेर घर पठाउन बाध्य भयौं’ पौडेलले भने, ‘अझै क्वारेन्टाइन खर्च व्यवस्थापनको चुनौती पार भैसकेको छैन ।’ भारतबाट आउनेक्रम अझै नरोकिएको भन्दै उनले खर्चकै चुनौती व्यहोरेको बताए ।
निसीखोलाको क्वारेन्टाइनमा बसेका ७ सय ५५ जनामध्ये ३ सय ८३ जनाको मात्र पिसिआर परीक्षण भएको हो । बा“की ३ सय ५३ जनालाई आरडिटी परीक्षण गरेर घर पठाइएको हो । पिसिआर गरिएकामध्ये ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । ५ जना निको भएर घर फर्केका छन् । २ जना आइसोलेसनमा छन् । निसीखोलाकै वडा नं. २ का एक युवाको भने मृत्यु भएको छ । ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनी फोक्सोको बिरामी थिए ।
आरडिटी मात्र गरेर पठाउ“दा समुदायमा संक्रमण फैलन सक्ने स्थानीयमा अभैm त्रास छ । ‘घर गएकाले पनि होम क्वारेन्टाइनको व्यवस्थापन गरेका छैनन्, कुनैपनि बेला भयाबह स्थिति आउन सक्छ’ एक स्थानीयले भने, ‘टाढाको पालिका भएकोले जिल्लाबाट पनि बेवास्ता हु“दा संक्रमणको जोखिम छ ।’ कमाण्ड पोष्टले पनि समयमा स्वास्थ्यकर्मी र भिटिएम नपठाएपछि स्वाब संकलन हुन नसकेको हो । नेगेटिभ आएका ३ सय ७७ जना र आरडिटी गरेका ३ सय ५३ जना सबै घर फर्केपछि अझै यहा“को क्वारेन्टाइनमा १ सय जना थपिएका छन् । उनीहरुमध्ये आधाबढी २८ दिनदेखि क्वारेन्टाइनमा बसिरहेको पौडेलले गुनासो गरे ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने सिमित जनशक्ती र भिटिएमका कारण समयमा स्वाब संकलन हुन नसकेको बताए । पठाएको स्वाबको रिपोर्ट आउन पनि ढिला भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->