शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ फुटबल खेलाडीलाई राहत वितरण

१९ फुटबल खेलाडीलाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७७, बुधबार

बागलुङ, ७ असार– अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले खेलाडीका लागि राहत बितरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा संघले जिल्ला लिग खेलेका तथा अफिसियल खेलाडीलाई ४ हजारका दरले नगदै राहत दिएको हो ।
खेल संचालन नभएको, आम्दानीका श्रोत ठप्प भएको र सामान्य दैनिकी गुजारा गर्न पनि नसकेको खेलाडीलाई राहतस्वरुप नगद दिइएको संघका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए । जिल्लामा रहेका त्यस्ता १९ जना फुटबल खेलाडी राहतका लागि छनौटमा परेका थिए ।
कार्यक्रममा राहत हस्तान्तरण गर्दै प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले हरेक क्षेत्रबाट सुन्दर भबिष्य खोज्ने अबसरमा खेलक्षेत्र पनि अगाडि बढेको बताए । उनले कोभिड १९ को प्रभावले पछि परेपनि पूर्वाधार निर्माण र खेललाई व्यवसायिक बनाउने प्रक्रियामा राज्यको लगानी बढ्ने विश्वास व्यक्त गरे । बागलुङमा पनि रंगाशाला निर्माणदेखि खेलाडीको क्षमता बढाउने काममा निरन्तर लागि रहेरपनि सोचेजस्तो बजेट ल्याउन नसकेकोमा उनले चिन्ता पनि व्यक्त गरे ।
संघका अध्यक्ष गुरुङका अध्यक्षता, उपाध्यक्ष टकबहादुर बोहोराको स्वागत र रेशम गोतामेको संचालनमा सम्पन्न कार्यक्रममा खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलगायतले बोलेका थिए । राहत पाउनेमा चारजना महिला फुटबल खेलाडी पनि छन् । कोरोनाका कारण गरिएको लकडाउन खुलेपनि आर्थिक स्थिति सुधार आउन समय लाग्ने भएपछि राहतको प्याकेज ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->