बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोले थुनिएको गोरखा नौलीखोलाको पानी बग्‍न थाल्यो

पहिरोले थुनिएको गोरखा नौलीखोलाको पानी बग्‍न थाल्यो


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७७, शनिबार

गोरखा, १० साउन – शुक्रबार रातिदेखि पहिरोले थुनिएको नौलीखोलामा पानी बग्न थालेको छ ।  शुक्रबार राति पहिरो खसेर ताल बनेको नौलीखोलामा शनिबार दिउँसोदेखि पानी बग्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले बताए । जमेको पानी बिस्तारै बग्न थालेको उनले बताए । धार्चे गाउँपालिका–७ लापु स्थित नौलीखोला शुक्रबार राति ११ बजेदेखि थुनिएपछि स्थानीय त्रसित बनेका थिए । लापुस्थित मापुडाँडामा पहिरोसँगै बगेको ठूला ढुंगाले नौलीखोला थुनिएको थियो ।
‘ढुंगा र माटोले खोला थुनेको हो, अहिले माटो खोतल्दै खोला बग्न थालेको छ,’ स्थानीय सरोज गुरुङले भने,‘ नौलीखोलाको झरनामा पनि धमिलो भएर पानी बग्न थालेकाले जोखिम धेरै हट्यो, मन पनि शान्त भएको छ ।’ पानी जमेपछि नौलीखोलाको झरना आसपासका एक दर्जन घरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । नौलीखोला बुढीगण्डकीको सहायक नदी हो । उक्त खोला थुनिएपछि शनिबार बिहान तल्लो तटीय क्षेत्रका स्थानीयलाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->