शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काल्पनिक घटना बनाएर चरित्र हत्या गरियो : नगर सचिव कोइराला

काल्पनिक घटना बनाएर चरित्र हत्या गरियो : नगर सचिव कोइराला


  • हिमलाल पराजुली
  • साउन २९ २०७७, बिहिबार

स्याङ्जा, २९ साउन – नेकपा चापाकोट नगर कमिटीका सचिव राजु कोइरालाले काल्पनिक घटनाको निर्माण गरेर चरित्र हत्या गरिएको बताएका छन् । राजनीतिक प्रतिसोध साधेर आफ्नो चरित्र हत्या गरिएको बताउदै आफुमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिदै कोइरालाले भने, “राजनीतिक आधारमा तानाबाना बुनेर अनर्गल प्रचार गरेर कोही ब्याक्तिको चरित्र हत्या गरिन्छ भने सिंगो समाजलाई त असर गर्छ नै स्वयम यो अभियानमा लाग्नेको समेत भलो गर्दैन ।” आफ्नो सामाजिक कार्य एवं राजनीतिसंग अत्तालिएर महिलालाई दुब्र्यवहार गरेको भनेर प्रचार गरिएको र यसमा कुनै सत्यता नभएकोले आफुआवद्ध नेपाल कम्युनिष्ट पार्टी एवं सम्पुर्णमा झुट्टो प्रचार र भ्रममा विश्वास नगर्न उनले प्रेस विज्ञप्ती मार्फत बुधवार आग्रह गरेका छन् ।कोइरालाले आफुमाथि लागेको आरोप प्रमाणित भए जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताउदै आरोप लगाउनेहरुले प्रमाणित गर्न समेत माग गरेका छन् ।
पछिल्लो समय चापाकोट क्षेत्रमा लोकप्रीय नेताको रुपमा स्थापित हुदै गरेका नेकपा चापाकोट नगर कमिटीका सचिव समेत रहेका युवा नेता कोइरालालाई केही दिन पहिले एक दलित महिलालाई बलात्कार गरेको आरोप लगाउदै सामाजिक सञ्जाल र केही अनलाइनमा समाचार प्रकाशन भएपछि कोइरालाले आफुमाथि राजनीतिक पुर्वाग्रह राखेर झुटो आरोप लगाएको बताएका हुन् । आफुमाथि लगाइएको र राजनैतीक एवं ब्याक्तिगत चरित्र समेत हत्या गरिएकोले कानुनी उपचारको बाटोमा आफु लगेकोले आफ्ना शुचित्कहरुलाई निरास नहुन समेत आग्रह गरेका छन् । निराधार आरोप लगाएर आफुलाई सामाजिक क्षेत्रमा काम गर्ने मनोबल गिराउने प्रयास गरिएपनि सामाजिक क्षेत्रमा थप सकृय भएर लाग्ने कोइरालाले वताए ।
कोइरालाले दुब्र्यवहार गरेको भनेर प्रचार गरिए पनि अहिलेसम्म कुनै पनि महिलाले आफु पिडित भएको भनेर कतै उजुरी गरेको भेटिएको छैन । एकाएक चापाकोट नगरपालिकाकी एक महिलालाई कोइरालाले दुब्र्यवहार गरेको भन्ने हल्लाचलेपछि दलित समुदायका महिलाहरु समेत आरोप पुष्टि गर्नुपर्ने बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->