शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

कांग्रेस कास्की २ सभापतिमा नविन बराल विजयी

कांग्रेस कास्की २ सभापतिमा नविन बराल विजयी


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८३, शुक्रबार

पोखरा/नेपाल कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ को सभापतिमा नबिन बराल विजयी भएका छन् । क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाममा बरालले १ सय ४९ मत प्राप्त गर्दै विजयी भए ।

सभापति पदमा सुभाष सिग्देल १ सय ४२, देवराज आचार्य १ सय ३१ मत प्राप्त गर्दा देवकृष्ण पराजुली ९४ मत प्राप्त गरे । ५ सय ५४ प्रतिनिधि रहेको यस क्षेत्रमा ५ सय ४० मत खसेको थियो । प्रदेश सभा क्षेत्रतर्फ २ क मा २ सय ५६ र ख मा २ सय ८४ मत खसेको थियो ।

कास्की २ क मा भोजराज आचार्य विजयी भएका छन् । उनले १ सय ३२ मत प्राप्त गर्दा अर्जुन पोख्रेलले १ सय २३ मत प्राप्त गरे । कास्की २ ख मा अमृत शर्मा तिमिल्सिनाले १ सय ४८ मत प्राप्त गर्दा दीपेन्द्र मर्सानीले १०० मत र सुबर्ण केसीले ३३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->