शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

कांग्रेस कास्की ३ को मतगणना शुरु

कांग्रेस कास्की ३ को मतगणना शुरु


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८३, शुक्रबार

पोखरा/नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर ३ ‘क’ को मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसंगै मतगणनाको प्रकृया सुरु भएको छ ।

कास्कीका ३ क्षेत्र मध्ये अन्य क्षेत्रमा निर्वाचन सम्पन्न भएपनि कास्की ३ ‘क’ मा भने विवादका कारण बिहिबारमात्रै मतदान भएको थियो । यो संगै कास्कीका ३ वटै क्षेत्रको निर्वाचन सम्पन्न भएको छ ।

क्षेत्र ३ मा प्रदेश सभा सदस्य प्रकाश बराल र विष्णुबहादुर क्षेत्री बीच प्रतिस्पर्धा रहेको छ । यस क्षेत्रको प्रदेश सभा ‘क’ तर्फ मेखबहादुर तामाङ र शिव तिमिल्सिनाको उम्मेदवारी रहेकोछ भने ‘ख’ मा विजय गुरुङ र लक्ष्मी पौडेल प्रतिस्पर्धामा छन् ।

कास्कीका निर्वाचन संयोजन धनञ्जय पौडेलेले कास्कीको ३ ‘क’ बाहेक अन्य सबै स्थानमा निर्वाचन भएको जानकारी दिए । ‘क को स्थगित भयो । निर्वाचन क्षेत्र ३ मा कुल एक हजार दुई सय ९४ मतदाता रहेको उनले बताए । ‘क’ मा ७ सय ८२ रहेको छ भने ‘ख’ मा ५ सय १२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->