प्रतिशोना एग्रो फार्मका सञ्चालकहरु । तस्वीर: ढोरपाटन
तनहुँ, १३ भदौ – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा देखिएपछि व्यापक रुपमा फैलन नदिनलाई निषेधाज्ञा जारी छ । सुमदायमा कोरोना देखिएपछि त्रासका कारण तरकारी, फलफुल र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्ने पसल पनि त्यतिसारो खुलेका छैनन् । निषेधाज्ञाले उपभोक्तालाई धरमै थुनिदिएको छ । तरकारी किन्नलाई समेत बजार पुग्न उपभोक्ता त्रसित छन् ।
निषेधाज्ञाको असहज परिस्थितीमा उपभोक्ताको घरघरै हरियो तरकारी र दुध पु¥याउँदै आएको छ शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा चार जना युवा मिलेर सञ्चालनमा ल्याएको प्रतिशोना एग्रो फार्मले । विहान बेलुका गरेर ५० लिटर दुध फार्मले दैनिक बजारमा लैजान्छ । साग, काक्रो, घिरौला, करेला, चिप्ले भिन्डी, हरियो खुर्सानी र बोडी लगायतका हरियो तरकारी भने टिप्ने बेला भएपछि मात्र अर्डर लिएर उपभोक्ताको घरघरै पु¥याईन्छ ।
‘तरकारी टिप्ने बेला भएपछि नियमित ग्राहकलाई यहीँबाट फोन गरेर अर्डर टिप्छौँ । अर्डर अनुसारको पोका बनाएर सबैको घरघरै पु¥याईदिन्छौँ’, व्यवस्थापक समेत रहेका फार्मका सञ्चालक युवराज सुवेदीले भने । यस्तो सुविधा लकडाउन र निषेधाज्ञाको बेला मात्रै नभएर अरु बेलामा पनि दिने गरेको उनले बताए । जसले गर्दा उत्पादक र उपभोक्ता दुवै फाईदामा छन् । उपभोक्ताले सस्तो मुल्यमा खरिद गर्न पाउँछन् भने उत्पादकले पनि विचौलिया हावी नहुदाँ राम्रो मुल्य पाएका छन् ।
कोत्रे, दुलेगौडा, बेलचौतारा र कास्कीको मजुवासम्म घरघरै पु¥याउने गरेको सुवेदीले जानकारी दिए । तरकारीको पोकासंगै विल पठाउने र सहज अवस्था भएपछि भुक्तानी लिने उनले सुनाए । ‘कोरोनाको डर भएकाले क्यास तत्कालै लिएका छैनौँ’, उनले भने, ‘कतिपयले डिजिटल माध्यमबाट पे गर्दिनुहुन्छ ।’ ताजा पाउने हुदाँ उपभोक्ता पनि आफुहरुको फार्मको उत्पादन खरिद गर्न आर्कषित हुने सुवेदीको दाबी छ । वरपरका ग्राहक भने फर्ममा पुगेर आफैँले टिपेर तरकारी खरिद गर्छन् ।
कोरोना कहरले सबै क्षेत्र र सेवा धरासायी बनेको छ । घेरै परिमाणमा उत्पादन गर्ने किसनाकै पनि हालत खराब छ । कृषी उत्पादन नबिकेर कुहाएर फ्याँक्नुपर्ने अवस्था नआएको होईन् । तर, आफैले बजारसम्म पु¥याउने किसानको उत्पादनले राम्रै बजार पाइरहेको अर्का सञ्चालक तिर्थराज खनाल बताउँछन् ।
‘कोरोनको डरले कृषीको पनि बजार घटेको हो । बाहिरको उत्पादन कम आउँदा स्थानिय उत्पादनले भने राम्रो बजार पाएको छ’, उनले भने, ‘हाम्रो उत्पादन आफैले बजारसम्म पु¥याउँछौँ । त्यसैले बजार राम्रै छ ।’ दुध र तरकारी विक्रीबाट मासिक एक लाख रुपैयाँ आम्दानी भइरहेको खनालले जानकारी दिए ।
चार जना युवाले यहाँको हंशवाहिनी माध्यमिक विद्यालय एक्लेखेतको ५० रोपनी जग्गा १० बर्षका लागी बार्षिक दुई लाख १० हजार रुपैयाँ भाडाँ तिर्ने सम्झौतामा भाडामा लिएर डेढ बर्षदेखी भैँसीपालन र तरकारी खेती गर्दै आईरहेका छन् । ३३ लाख ६० हजार रुपैयाँको लगानीमा सुरु गरिएको फर्मको लगानी करोडको हारहारीमा पुगेको सञ्चालक ठाकुरप्रसाद खनालले बताए । गण्डकी प्रदेश सरकारले गतबर्ष ६ लाख रुपैयाँ अनुदान दिएको थियो । फर्ममा हाल ६ वटा दुहुनो भैँसी छ । २० रोपनीमा तरकारी लगाईएको छ । केही दुहुनो गाई थप्ने तयारी छ । प्रतिशोना एग्रोफार्मबाट चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नेपालमा पढेलेखेका युवा कृषीकर्ममा लाग्नुपर्ने आवश्यता औल्याए उनले । ‘पढेका युवाले आधुनिक पद्धतीले थोरै मेहनतमा धेरै उत्पादन लिन सक्छन्’, उनी भन्छन्, ‘पुरानै तरिकाले कृषीमा लागेर आत्मानिर्भर भईदैन् ।’ उनले कोरोना कहरका कारण धेरै बेदैशिक रोजगारीबाट फर्किएका र देशमै रोजागरी गुमाएका युवा अब कृषीमा लाग्ने सुनाए ।
तीनै तहका सरकारले किसानद्धारा उत्पादित बस्तुको बजार ग्यारेण्टी गर्नुपर्ने अनिल खनालले बताए । उनले सरकारले दिने अनुदान किसानको आवश्यकताको आधारमा दिनुपर्ने उल्लेख गरे । अनुदानभन्दा सहुलियतदरमा ऋण उपलब्ध गराए कृषीकर्ममा लाग्न उत्प्रेरण मिल्ने उनी बताउँछन् । उनी थप्छन्, ‘सहुलियतदरमा पाउने ऋण लिन निकै झन्झटिलो छ । पहुँच नभएका किसानले यो ऋण पाईदैन् ।’





