पोखरा, २३ भदौ– युइएफए नेसन्स लिग फुटबलमा स्पेनले सानदार जित निकालेको छ । आइतवार भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले हराएको छ ।
यो खेलमा स्पेनका अंशु फातीले ९५ वर्षको कीर्तिमानसमेत तोडेका छन् । युक्रेन विरुद्धको खेलमा गोल गर्दै फातीले स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी बनेका छन् । उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल रहे । फाती च्याम्पियन्स लिग र स्पेनिस लिगमासमेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।
युक्रेनविरुद्धको खेलमा पहिलो रोजाइमा रहेका फाती नेसन्स लिगमा प्लेइङ सेटमा रहेर खेलको सुरुवात गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।
स्पेनका कप्तान सर्जियो रामोसले गोल गर्दै खेलमा अग्रता लिएका थिए । रामोसले दुई गोल गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमानै स्पेनले पेनाल्टीको अवसर पाएको थियो । उक्र अवसरको सदुपयो गर्दै कप्तान रामोसले अग्रता दिलाए । रामोसले खेलको २९औं मिनेटमा व्यक्रिगत दोस्रो गोल गरे । त्यसतै खेलको ३३ औ मिनेटमा फातीले गोल गरे । खेल सकिन ६ मिनेट बाँकी रहँदा फेरान टोरेसले भलिमार्फत स्पेनका लागि चौथो गोल गरेका थिए ।
वेल्सको लगातार दोस्रो जित
गारेथ बेलको कप्तानीमा रहेको वेल्सले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियामाथि १–० को जित निकाल्दै वेल्सले लगातार दोस्रो जित हात पारेको हो ।
घरेलु मैदान कार्डिफ सिटीमा निको विलियम्सले खेल सकिनैलाग्दा गोल गर्दै जित दिलाए । निर्धारित ९० मिनेटको समय बराबरीमा गइरहेको बेला थप गरिएको इन्ज्युरी समयमा गोल गर्दै वेल्सले आफ्नो दोस्रो जित दर्ता गरेको हो । वेल्सले पहिलो खेलमा फिनल्यान्डमाथि १–० कै जित निकालेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा बुल्गेरियाले खेलको २५औं मिनेटमा गोल गर्ने अवसर गुमायो । पहिलो हाफको इन्ज्युरी समयमा डेभिड ब्रुक्सको भली प्रहार बाहिरिँदा वेल्स अग्रता लिनबाट चुकेको थियो । ७४औं मिनेटमा वेल्सका ड्यानियल जेम्सले अर्काे अवसर खेर फालेको थियो । परिवर्तित खेलाडी जोनाथन विलियम्सको क्रसलाई निको विलियम्सले हेडमार्फत गोल गरे । निको ६५औं मिनेटमा तथा जोनाथन ७६औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । सोहि समुहमा रहेको अर्काे खेलमा फिनल्यान्डले आयरल्यान्ड माथि १–० को जित निकालेको छ । फिनल्यान्डको जितमा फेड्रिक जेन्सनले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । दोस्रो जित निकाल्दै वेल्स समुहको शीर्षस्थानमा छ । समुह ‘बी’ ४ रहेको वेल्सको ६ अंक रहेको छ । फिनल्यान्ड ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बुल्गेरिया १ अंकसहित तेस्रो स्थानमा रहँदा समान १ अंक रहेको आयरल्यान्ड पुछारमा छ ।





