पोखरा, १ असोज– फुटबलमा निर्धारित समयको खेल बराबरीमा रोकिएपटि खेल पेनाल्टी सुटआउटमा जान्छ । पेनाल्टी सुटआउमा दुवै टोलीको जित्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ । पेनाल्टि सधैँ रोमाञ्चक नै हुनेगर्छ ।
तर मंगलबार राति इंग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथ र क्रिस्टल प्यालेसबीचको खेलमा २४ पेनाल्टी भएको छ जसमा २१ गोल हुन पुग्यो । बर्नभाउथ क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश ग¥यो ।
निर्धारित समयको खेल गोलरहीत बराबरीमा रोकिएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथले ११–१० गोलले जित हात पा¥यो ।
दुवै टोलीले सुरुवाति १० प्रहारमा लगातार गोल गरेका थिए । ११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक गोल गर्नबाट चुके । ११ औं प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिचको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले विफल पारिदिए ।
रियलको आधा दर्जन गोल
स्पेनिस ला लिगाको नयाँ सिजनको तयारीमा रहेको लिग च्याम्पियन रियल मड्रिडले मैत्रीप्रर्ण खेलमा आधा दर्जन गोल गरेको छ । रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले ४ गोल गरे । रियलले नयाँ सिजनको लागि प्रि– सिजनको अन्तिम तयारी खेलमा गेटाफेमाथि ६–० गोलको सानदार जित हात पारेको हो ।मंगलबार राति रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा बेन्जेमाले चार तथा कप्तान सर्जियो रामोस र सर्जियो एरिबासले समान एक एक गोल गरे ।





