शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइपिएल : सुपर ओभरमा सन्दीप सम्मिलित दिल्लीको जीत

आइपिएल : सुपर ओभरमा सन्दीप सम्मिलित दिल्लीको जीत


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार
फाईल फोटो
फाईल फोटो

पोखरा, ५ असोज– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको छ ।
१ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन जोड्न सफल भएको थियो । पञ्जावले पनि सोही ओभरमा ८ विकेट नै गुमाउँदै ८ रन नै बनाउँदा सुपर ओभर खेलाइएको थियो ।
सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले दुई बल खेल्दै २ रन जोडि क्याच आउट हुन पुगे । तेस्रो बलमा रबाडाले पुरणलाई बोल्ड गर्दै दिल्लीलाई बलियो स्थितिमा पु¥याएका थिए ।
जवाफमा दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई जित दिलाए ।
त्यसअघि जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जावको राम्रै सुरुवात गरेको थियो । पिचमा पुगेका ओपनरद्धय कप्तान लोकेश राहुल र मंयक अग्रवालले सुरुवात राम्रो गरे ।
पञ्जावको लागि दोस्रो ओपनरका रुपमा रहेका अग्रवालले सर्वाधिक ८९ रनको योगदान दिए । उनले उनले ६० बलमा ७ चौका र ४ छक्का प्रहार गरे । त्यसतै कप्तान राहुल २१ रनमै क्याच आउट हुन पुगे । राहुलले १९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । पञ्जावका अग्रवाल र राहुल बाहेक अन्य ब्याटस्म्यान भने टिक्न सकेनन् । तेस्रो विकेटको रुपमा पिच पुगेका करुण नायर ३ बलमा १ रन जोड्दै क्याचआउट हुन पुगे । अर्का ब्याट्सम्यान निकोलस पुरन शून्यमै बोल्ड आउट भए ।
अन्तिम तीन बलमा पञ्जाबलाई एक रन मात्र चाहिएको थियो । तर स्टोइनिसले चौथो बल डट गराउँदा पाँचौ बलमा अग्रवाललाई शिम्रन हेटमायरबाट क्याच आउट गराए । स्टोइनिसको अन्तिम फुलटस बलमा क्रिस जोर्डन कागिसो रबाडाबाट क्याच आउट भएपछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो । ग्लेन म्याक्सवेल ४ बलमा १ रन बनाउदै आउट भए । दशौं ओभरको अन्तिम बलमा शरफराज खान १२ रन बनाउदै आउट भए । उनले १२ बलमा २ चौका प्रहार गरे । १६ औं ओभरको तेस्रो बलमा कृष्णाप्पा गौथमलाई कागिसो रबाडाले विकेटपिकर ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराए । उनले १४ बलमा १ चौका र छक्का प्रहार गरे ।
दिल्लीको लागि रविचन्द्रन आश्विनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र मोहित शर्माले समान एक एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । दिल्लीले सुरुवात भने राम्रो गर्न सकेन । दिल्लीका ओपनर पृथ्वी सा ५ रन बनाउदै आउट हुन पुगे । ९ बल खेलेका उनले १ चौका प्रहार गरे । त्यस्तै अर्का ओपनर शिखर धवन शुन्यमै पेभेलियन फर्किए । अर्का ब्याट्सम्यान सिम्रोन हेट्म्यर ७ रनमा आउट हुन पुगे । १३ बल खेल्दै उनले १ चौका प्रहार गरे । ३ विकेट गुमाइ सकेको स्थितिमा दिल्लीको लागि कप्तान श्रेयस एरले केहि आशा जगाए । उनले ३९ रन बनाउदै इनिङ उकास्ने काम गरे । उनले ३२ बलमा ३ छक्का प्रहार गरे । रिसाहब पन्तले ३१ रनको योग्दान दिए । उनले २९ बलमा ४ चौका प्रहार गरे ।
तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिसले दिल्लीको लागि सर्वाधिक ५३ रनको योगदान दिए । उनले २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । १९ ओभरमा १२७–७ को स्थितिमा रहदा स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै जितको आश देखाएका थिए । अक्षर पटेलले ६ रन जोडे । रविचन्द्र अश्विन ४ रनमै आउट भए ।
पञ्जाबका मोहम्मद शामीले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । पञ्जाबले दोस्रो खेल सेप्टेम्बर २४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीले सेप्टेम्बर २५ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->