शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइपिएल : बैंगलोर १० रनले विजयी

आइपिएल : बैंगलोर १० रनले विजयी


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

पोखरा, ६ असोज– दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर १० रनले विजयी भएको छ ।
आबुदावी स्थित उक्त रंगशालामा भएको खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै जित हात पारेको हो ।
१ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले सुरुवात राम्रो गरेपनि जित हात पार्न भने सकेन । १ सय २१ रन बनाउने बेला सम्म जम्मा २ विकेट गुमाएको हैदराबाद त्यसपछि भने टिक्न सकेन । १९।३ ओभरमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुगे । अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा हैदराबादको ८ विकेट बाकि थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि बैंगलोरले जित दर्ता गरेको हो ।
हैदराबदको शुरुवात भने सामान्य रह्यो । ओपनरको रुपमा पिच पुगेका कप्तान डेभिड वार्नर ६ रनमै रनआउट हुन पुगे । त्यसतै अर्का ओपनर जोनी बेयरस्टोले सर्वाधिक ६१ रनको योग्दान दिए । ४३ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पाण्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । १२ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले पाण्डेलाई ३४ रनमा नवदीप सैनीबाट क्याच आउट गराए । पाण्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
चहलले नै १६ औं ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा बोल्ड आउट गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । १७ औं ओभरको तेस्रो बलमा शिवम दुबेले प्रियम गर्गलाई १२ रनमा बोल्ड आउट गरे ।
अभिषेक शर्मा ७ रनमा रन आउट भए । दोस्रो रन लिने क्रममा राशिद खानसंग पिचको मध्यभागमा जुध्न पुग्दा अभिषेक आउट भएका थिए । राशिदलाई भने केहिबेर फिजियोको सहयोग लिनुपरेको थियो । १८ औं ओभरको चौथो बलमा नवदीप सैनीले भुवनेश्वर कुमारलाई शून्यमा बोल्ड आउट गरे । सैनीले अन्तिम बलमा राशिद खानलाई ६ रनमा बोल्ड आउट गर्दै जिततर्फ लम्काएका थिए ।
बैंगलोरको लागि युजभेन्द्र चहलले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए भने डेल स्टेनले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंैगलोरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाउन सफल भएको थियो । बैंगलोरको सुरुवात भने निकै राम्रो रह्यो । ओपनरको रुपमा पिच पुगेका देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
डेब्यु खेल खेलि रहेका २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाए । उनले सर्वाधिक ५६ रनको योगदान दिए । ४२ बल खेल्दै ८ चौका प्रहार गरे । विजय शंकरको ११ औ ओभरको अन्तिम बलमा लामो सट खेल्नेक्रममा बोल्ड आउट भए । फिन्चले २९ रन बनाए । २७ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान विराट कोहली १४ रनमै आउट भए । टि नटराजनको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका कप्तान कोहली मिडविकेटमा राशिद खानबाट क्याच आउट हुन पुगे ।
एबी डिभिलियर्स ५१ रनको महत्वपुर्ण योग्दान दिए । उनले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे । डी भिलियर्स अन्तिम ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा मनिष पाण्डेले लङअफबाट थ्रो फाल्दै विकेटकिपर जोनी बेयरस्टोले एबी डी भिलियर्सलाई रन आउट गराएका थिए । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।
हैदराबादका लागि अभिषेक शर्मा, विजय शंकर र टि नटराजनले समान १–१ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् । हैदराबादले दोस्रो खेलमा शनिवार कोलकता नाइट राइडर्ससँग खेल्नेछ भने बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग बिहीबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->