शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दिल्लीको दोस्रो जीत

दिल्लीको दोस्रो जीत


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७७, आइतबार
फाईल फोटो
फाईल फोटो

पोखरा, ११ असोज– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अवसर नपाएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको छ । दिल्लीको यो लगातार दोस्रो जित हो । यसअघि दिल्लीले किंग्स एल्यावेन पन्जाबलाई हराएको थियो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले चेन्नईलाई १७६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पच्छ्याएको चेन्नई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनमा मात्रै समेटियो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ४३ र केदार जाधबले २६ रन जोडे। दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।उसका ओपनर पृथ्वी शले ४३ बलमा ९ चौका र १ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए भने शिखर धवनले ३५ रनको योगदान दिएका थिए । दिल्लीले लगातार खेल जित्दा र पहिलो रोजाईका बलरहरुले राम्रो गरिरहँदा सन्दीप भने पहिलो ११ जनामा परेका छैनन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->