आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमित देवचुलीका एक पुरुषको मृत्यु

कोरोना संक्रमित देवचुलीका एक पुरुषको मृत्यु


  • खगेन्द्र पराजुली
  • कार्तिक १७ २०७७, सोमबार

नवलपुर, १७ कात्तिक– नवलपुरको देवचुलीका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । देवचुली ११ धारापानीका ८० बर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्तिक १२ गते स्वास्थ्यमा समस्या आई उपचारका लागी सीएमसी भरतपुरमा भर्ना भएका ती बृद्धमा १३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । आईतवार राती ती पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको स्वास्थ्य शाखा देबचुलीका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए ।
शोकाकुल परिवारको रोहवरमा नेपाली सेनाले देवघाट क्षेत्रमा शव ब्यवस्थापन गर्ने भएको छ ।
योसँगै नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । ज्यान गुमाउनेमा ६ महिला र १७ पुरुष छन् ।
जिल्लाको गैंडाकोटमा २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
यस्तै देबचुली नगरपालिकामा १ महिला र ४ पुरुषगरी ५ जनाको मृत्यु भएको छ भने कावासोतीका २ महिला र २ पुरुष गरी ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । बिनयी त्रिबेणीमा १ महिला र २ जना पुरुष गरी ३ जना तथा मध्यबिन्दुका २ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->