आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गोरखाका प्रजिअ भट्टराईलाई कोरोना संक्रमण पुष्टि

गोरखाका प्रजिअ भट्टराईलाई कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७७, सोमबार

गोरखा, १७ कात्तिक – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाब परीक्षणको क्रममा सोमबार प्रजिअ भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । सामान्य रुघाखोकी देखिएपछि शुक्रबार प्रजिअ भट्टराईको स्वाब लिएर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बिहीबारबाटै होम आइसोलेसनमा बसेको प्रजिअ भट्टराईले बताए । संक्रमण पुष्टि भएकोबारे प्रजिअ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि जानकारी गराएका छन् । सोमबार गोरखाका प्रजिअसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->