नवलपुर, १८ कात्तिक– भिमसेन माबिको नेपाल–भारत मैत्री भवन उद्घाटन भएको छ । कर बाहेक २ करोड ८४ लाख २ हजार ४२ रुपैंयाको लागतमा बनेको ३४ कोठे भवनको आज एक औपचारीक कार्यक्रमसँगै भर्चुअल माध्यमबाट समेत एकैसाथ उद्घाटन भएको हो ।
देबचुली नगरपालिका वडा नं. ७ मा रहेको बिद्यालय भवनको उद्घाटन प्रदेश साँसद रोशनबहादुर गाहाले गरेका हुन् । उद्घाटन कार्यक्रममा भारतीय राजदुतावासका काउन्सलर डा. प्रफुल्लतचन्द्र शर्माले भर्चुअल सम्वोधन गरेका थिए ।
औपचारीक कार्यक्रममा प्रदेश सांसद बिष्णु लामिछाने, जिल्ला समन्वय समिति प्रमुख चेसराम आले, देबचुली नगरपालिकाका प्रमुख, उप–प्रमुख, शिक्षा समन्वय ईकाई प्रमुख, नगर शिक्षा शाखा प्रमुख लगायत बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायतको उपस्थिति रहेको थियो भने धेरै सरोकारवालाहरु भर्चुअल उपस्थिति रहेको बिद्यालयका प्रधानाध्यापक नरदेब न्यौपानेले बताए ।
औपचारीक कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले गरेका थिए भने सञ्चालन शिक्षक कृष्ण काफ्लेले गरेका थिए ।
वि.सं २०६९ साल पुस १ गते सम्झौता भएको नेपाल भारत मैत्री भवन २०७० साल असार ५ गते शिलान्यास भएको थियो ।





