बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मध्यरातमा ट्रयाक्टर चालकको मृत्यु, दुम्किबासमा अझै तनाव

मध्यरातमा ट्रयाक्टर चालकको मृत्यु, दुम्किबासमा अझै तनाव

भीडलाई प्रहरीले तितरबितर पारेपछि दिनभर सञ्चालनमा रहेको राजमार्ग फेरि शुक्रवार दिउँसो ४ बजेपछि अवरुद्ध छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

नवलपुर, २६ मंसिर– ट्र्याक्टर चालकको मृत्युका कारण नवलपुरको दुम्किवासमा पुनः तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग शुक्रवार बिहानसम्म अवरुद्ध थियो । बिहान प्रदर्शनमा उत्रिएको भीडलाई प्रहरीले तितरबितर पारेपछि दिनभर सञ्चालनमा रहेको राजमार्ग फेरि शुक्रवार दिउँसो ४ बजेपछि अवरुद्ध छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर रातीदेखि नै प्रहरी कार्यालय घेराउ र राजमार्ग समेत अवरुद्ध गरेका हुन् भने शुक्रवार दिउँसोदखि फेरी प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको भन्दै पक्राउ परेका स्थानीयको रिहाईको र निष्पक्ष छानविनको माग राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->