बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वैज्ञानिक बन संजालद्वारा काठ दाउरा खुलाउन माग गर्दै प्रदर्शन

वैज्ञानिक बन संजालद्वारा काठ दाउरा खुलाउन माग गर्दै प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७७, शुक्रबार

नवलपुर, १७ पुस– काठ दाउरा खुलाउन माग गर्दै नवलपुरको वैज्ञानिक बन संजालले प्रदर्शन गरेको छ । वैज्ञानिक बन संजाल नवलपुरको अगुवाईमा सरकारले प्रतिबन्ध गरेको काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेको हो ।
कावासोती थकालीचोकबाट सुरू भएको र्याली फलफूल चोकमा रहेको डिभिजन वन कार्यालय अगाडि पुगेर सडकमै कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधुविलास अधिकारीले सरकारले नेपालको काठ दाउरामा प्रतिबन्ध गरेर विदेशबाट काठ आयात गर्न खोजेको आरोप लगाए । अधिकारीले सरकार वनपैदावरका विषयमा गैरजिम्मेवार बन्दा थुप्रै घाटगद्धीमा रहेका करोडौँ मुल्य बरावरको काठ–दाउरा कुहिएर नोक्सानी हुने अवस्थामा पुगेको बताए । उनले जनताले संरक्षण गरेको सामुदायिक बनबाट काठपात उपभोग गर्न नपाउने परिस्थिति बनेपछि स्वतस्फूर्त जनता आफै आन्दोलनमा होमिएको जिकिर गरेका छन् । गत जेठमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले अर्काे व्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->