शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा हार्ड बल क्रिकेट प्रतियोगिताको तयारी

बागलुङमा हार्ड बल क्रिकेट प्रतियोगिताको तयारी


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७७, बुधबार

बागलुङ, १४ माघ– कोरोना महामारीका कारण ठप्प रहेका खेलकुदका गतिबिधि बिस्तारै सञ्चालन हुन थालेका छन् । पहिलो चरणको खोप अभियान र संक्रमितको संख्या समेत घट्दै जान थालेपछि खेलकुदका गतिबिधि बढ्न थालेका हुन् । लामो समयको अन्तरालपछि क्रिकेट बिकास समिति बागलुङले शहिद दिवसको अवसरमा जिल्ला सदरमुकाम बागलुङ बजारको बाङ्गेचौर खेल मैदानमा हार्ड बल क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ ।
समितिले शहिद दिवसको अवसरमा माघ १६ गतेदेखि २० गतेसम्म संचालन हुनेगरि हार्ड बल क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको प्रतियोगिताका संयोजक कमल पन्तले जानकारी दिए । प्रतियोतिका लागि बिभिन्न ६ समुहले नाम टिपाई सकेको र टाइसेट पनि बनाइसकेको पन्तले बताए ।
उनका अनुसार मालिका सेवा समाज, बागलुङ क्रिकेट क्लव, धौलािगरि क्रिकेट क्लवकुश्मा क्रिकेट क्लव ए र बि तथा न्यु ऐरा क्रिकेट क्लव म्याग्दीले सहभागीताका लागि नाम टिपाई सकेका छन् ।
२ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको बिजेता पुरस्कार १५ हजार नगद सहित मेडल ट्रफि र प्रमाणपत्र तथा उपबिजेताका लागि ८ हजार नगद सहित मेडल ट्रफि र प्रमाणपत्र रहेको पन्तले जानकारी दिए ।
प्रतियोगतामा उत्कृष्ट व्याड मेन, बलर, नयाँ प्रतिभा खेलाडिलाई पुरस्कृत गरिने र उनिहरुलाई एञ्जल स्पोट एकेडेमि र ग्रेटर हिमालयन एकेडेमी काठमाण्डौले निशुल्क प्रशिक्षणको व्यवस्था गर्ने भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->