बागलुङ, १९ माघ– लोक सांगीतिक बजारमा नयाँ स्वाद भित्रिएको छ । सर्जक बसन्तराज पन्तले नयाँ गीति एल्वम ‘जन्त आएँ बागलुङ बजारमा’ गीत सार्वजनिक गरेका छन् । युट्युव च्यानल मार्फत गीत सार्वजनिक भएको हो । गीतमा अहिलेका चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायीका रोसनी पन्तको स्वार रहेको छ । आफु विदेश रहेपनि नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद दिँदै आएका पन्तको गीत बजारमा रुचाईएको छ ।
विवाहको समयलाई मध्यनजर गर्दै गीत बजारमा ल्याएको पन्तले बताए । यद्यपी लगन नभएका कारण यस बर्षको माघ र फागुन महिनामा धार्मिक विवाह भने भएका छैनन् । गीतको म्युजीक भिडियोमा प्रदिप रोका, शशीकला राई, विजय बिसी, प्रकाश थापा, सन्तोष गिरी, सोनिया गिरीको अभियान रहेको छ । गीतको भिडियोलाई रामकृष्ण कंडेलले निर्देशन गरेका छन्भने एरेन्ज लक्षु कंडेल गरेका हुन् ।
भिडियो…





