बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखाका दुर्गम गाउँ हेलिमार्फत पुगे खोप र स्वास्थ्यकर्मी

गोरखाका दुर्गम गाउँ हेलिमार्फत पुगे खोप र स्वास्थ्यकर्मी


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७७, बिहिबार

बागलुङ, २२ माघ– यातायातको सुविधा नपुगेका गोरखाका गाउँहरुमा हेलिकप्टर मार्फत कोभिड–१९ बिरुद्धको खोप ढुवानी गरिएको छ । गोरखाको विकट चुमनुब्री गाऊँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउनका लागि हेलिकप्टरबाट खोप र स्वास्थ्यकर्मी ढुवानी गरिएको हो । भौगोलिक विकटताका कारण चुमनुब्रीका स्वास्थ्यकर्मी गोरखा अस्पतालको खोप केन्द्रमा खोप लगाउन आउन सकेका थिएनन् । चुमनुब्री गाऊँपालिकाका फिलिममा १८ जना, चुम्लिंगमा २० जना र लिहीमा ३० जनालाई खोप लगाईने स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । खोप सहितको स्वास्थ्यकर्मी ढुवानीका लागि माउण्टेन चाईल्ड नामक संस्थाले सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->