शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा हिमपात, तापक्रम माइनस नौ डिग्री

मनाङमा हिमपात, तापक्रम माइनस नौ डिग्री


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७७, शुक्रबार

मनाङ, २३ माघ– हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नौ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामेलगायतका ठाउँमा हिमपात भएको छ ।

चिसोका कारण मानिसको चहपहल घटेको छ । मनाङमा यसअघि पुस २१ गते माथिल्लो क्षेत्रमा हिमपात भए पनि चामेमा भने यो वर्ष पहिलोपटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । लामो समयपछि बाक्लो हिमपात हुँदा किसान भने खुसी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->