बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोहन बहादुर मल्ल साहित्य पुरस्कार अर्पण

मोहन बहादुर मल्ल साहित्य पुरस्कार अर्पण


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७७, आइतबार

बागलुङ, २५ माघ– यस वर्षको मोहन बहादुर मल्ल साहित्य पुरस्कार शोधकर्ता डा. षडानन्द पौडेललाई समपर्ण गरिएको छ । साहित्यकार मोहनबहादुर मल्लको ११० औं स्मृति दिवशको अवसरमा पौडेललाई पुरस्कृत गरिएको हो । मोहन बहादुर मल्ल स्मृति समितिका अध्यक्ष काजीरोशनले पुरस्कार समर्पण गरे ।
मल्लको कृतीहरुमा शोध गरेका पौडेलको योगदानको मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको काजीरोशनले बताए । मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको मोहनबहादुर मल्ल पुरस्कार २०७७ पहिलोपटक प्रदान गरिएको समितिका अध्यक्ष काजी ोशनले बताए । २५ हजार नगद पुरस्कार दिइएको हो ।
पौडेलले मोहनबहादुर मल्लका उपन्यासमा यथार्थताबाद बिषयमा पहिलोपटक बिद्यावारिधि गरेका थिए । पर्वतको मल्लाजमा जन्मेका मल्ल नेपाली साहित्य, उपन्यासलगायतको लेखन बिधाका उत्कृष्ठ व्यक्तित्वको रुपमा गनिन्छ ।
पौडेल त्रिभूवन विश्व विद्यालयको नेपाली बिभागका प्राध्यापक हुन् । उनले लामो समयदेखि नेपाली भाषाको प्राध्यापनसँगै नेपाली साहित्यको बिकासमा पनि महत्वपूर्ण योगदान गरे ।
समालोचकका रुपमा उनले नेपाली साहित्यमा आफ्नो छवी स्थापित गरेका छन् । पुरस्कार समर्पण समारोहमा साहित्यकारहरु केदारनाथ पौडेल, मुकुन्द शर्मा, चन्द्रबहादुर लामिछानेलगायतले रचना वाचन गरे । समितिका संरक्षक दिप मल्लको अध्यक्षता, केदारनाथ पौडेलको स्वागत र अजयमिलन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->