बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्वराज रसाइलीको मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण

विश्वराज रसाइलीको मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७७, शनिबार

पोखरा, १ फागुन– कवि, गीतकार एवम् मुक्तककार विश्वराज रसाइलीको कोरोना कहरमा रचना गरिएको मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण भएको छ ।
नेपाली ङ्ंगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण गर्दै पोखरा साहित्यिक राजधानीसँगै मुक्तकको सहर भएको बताए । वि.सं. २०३५ सालदेखि टिकट काटेर मुक्तक सुन्ने परम्परा पोखरेली युवा साँस्कृतिक परिवारले सुरु गरेको स्मरण गर्दै २ दशकदेखि साधानारत विश्वराज रसाइलीका मुक्तकले पोखरालाई अझै सुन्दर बनाउने धारणा राखे ।
सञ्चारकर्मी सुरेश रानाभाटले शुभ–दृष्टिको समीक्षा गर्दै विश्वराजले विश्वपीडालाई लिपिवद्ध गरेको जनाए । कोरोनाकालीन बेसोमती राजनीतिक गतिविधि, विकृति, विसङ्गति, बेथिति, भ्रष्टाचार, जातीय विभेद, छुवाछुत, महिला हिंशा, बलात्कार, हत्या र सामाजिक असमानताका विरुद्ध कलम मार्फत् विद्रोहको झण्डा उठाएका मुक्तकहरूले समसामयिक यथार्थको चित्र उतारेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ले निम्त्याएको बन्दाबन्दी र त्यसबाट उत्पन्न जनजीवनको समस्यालाई रसाइलीले १ सय १ मुक्तक मार्फत् अभिव्यक्ति दिएका छन् । मुक्तककार रसाइलीको परिचय लालबहादुर परियारले राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->