बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आचार्यको स्मृतिमा शोकसभा

आचार्यको स्मृतिमा शोकसभा


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

बागलुङ, १३ फागुन– नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बागलुङले केन्द्रीय सदस्य दुर्गादत्त आचार्यको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ ।
ट्रेड युनियनको कार्यक्रममा सहभागि भएर फर्कने क्रममा फागुन १ गते आचार्यको ह्दयघातका कारण निधन भएको थियो । आचार्यको निवासमा पुगेर कांग्रेसका भातृ संगठनहरुले पनि शोक सभा गरे ।
कार्यक्रममा संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेलले पार्टी संगठन निर्माणमा आचार्यले खेलेको भूमिका अविश्मरणीय रहेको बताए । पार्टीका हरेक काम सहज रुपमा गर्ने र पार्टीका सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउने आचार्यको बानीबाट अन्य कार्यकर्ताले पनि सिक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा कांग्रेसका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, पर्वतका पूर्व सभापति नवराज गुरुङ, पार्टी सचिव नवराज पौडेललगायतले आचार्यले पार्टीमा गरेको योगदानको चर्चा गरेका थिए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्र, गण्डकीप्रदेश र जिल्लाका अगुवा, नेपाल शिक्षक संघ, विभिन्न भातृ संगठनले आचार्यको निधनमा शोक वक्तव्य व्यक्त गरेका थिए ।
युनियनका जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेलको अध्यक्षता र सचिव कुमार पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा नेबिसंघका नेता हरिहर शर्माले आचार्यको राजनीतिक जीवन तथा सयपत्री एफका अध्यक्ष जगन्नाथ आचार्यले पत्रकारिता र सामाजिक क्षेत्रको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->