बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फल्दैन नेपालमा (कविता)

फल्दैन नेपालमा (कविता)


  • मेघराज पाण्डे
  • फाल्गुन १५ २०७७, शनिबार

गौतम बुद्धभए पवित्र दिलका, हुन शान्तिका द्योवतक
ज्ञानको ज्योती थिए जनकपुरमाहाँ, षडसास्त्रका पोषक ।
मानिस भीड गराउँछौं घरीघरी, बेतालको तालमा
तिम्रो बिउ लगाउ अन्तै लगी, फल्दैन नेपालमा ।।

यो देशलाई बचाउने नियतले, मर्दै गडिमा बसे
आफ्नो देश बचाउने नियतले, कम्मर सबैले कसे ।
तिम्रो संकृति नाशने नियत यो, चल्दैछ यो हालमा
तिम्रो बिउ लगाउ अन्तै लगी, फल्दैन नेपालमा ।।

यो हाम्रो भूमि उर्वरा छ अघिनै, चाहिन्न रासायन
सच्चा प्रेम लगाउ यो मुलुकमा, चाहिन्न कृतिम पन ।
सुनको यो चिडिया बुझेर अहिले, पर्दैछ यो जालमा
तिम्रो बिउ लगाउ अन्तै लगी, फल्दैन नेपालमा ।।

बागलुङ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->