बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बिटी कपमा प्रिक्वाटरका खेल सम्पन्न

बिटी कपमा प्रिक्वाटरका खेल सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

पोखरा, २० फागुन –पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा प्रिक्वाटरफाईनलका खेल सम्पन्न भएका छन् ।
पोखराको पुरानो टुडिखेल मैदानमा आज (बिहिबार) सम्पन्न पहिलो खेलमा सिमपानी एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै चाउथे एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो ।
त्यस्तै संगम एफसी र सत्य युवा क्लब बाझाँपाटन बिच भएको दोस्रो खेल पनि गोलरहित निर्धारित समय सकिएपछि ट्राईबेकरमा संगम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै बाझाँपाटनले जीत निकाल्यो ।
तेस्रो खेलमा विष्णुपादुका टिम बि लाई एम टुवेलले ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गर्याे । एम टुुवेलको जीतमा मनिस क्षेत्री, अविनाश तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए ।
यसैगरी चौथो खेलमा बिन्स बकेटलाई मालेपाटन एफसीले १–० गोल अन्तरले पराजित गर्दै सँघर्षपूर्ण जीत निकाल्यो । मालेपाटनको जीतमा जेम्स गुरुङले निर्णायक गोल गरे ।
बाझाँपाटन टिम बि र रञ्जन मेमोरियल बिच भएको पाँचौ खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा बाझाँपाटनल टिम बिले २–१ गोल अन्तरले रञ्जनलाई पराजित गर्याे ।
आयोजक सेतो र लाहाचोक एफसी बिच भएको छैटौं खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा आयोजकले ३–२ ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसैगरी कमलपोखरी एफसी र फोर टु फाईभलाई टाइब्रेकरमा ३–१ ले हरायो । १–१ को बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । नयाँ गल्ली युवा क्लब यस अघि नै क्वाटरफाईनल प्रवेश गरिसकेको थियो । क्वाटरफाईनलका ४ खेल शुक्रबार मध्यान्ह १२ बजेबाट सुरु हुनेछ भने सेमीफाईनल र फाईनल खेल शनिबार सम्पन्न हुनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->