नवलपुर, २१ फागुन– कोरोना कहरले जीवनको गति रोकियो तर कलमले आफ्नो गति छाडेन । त्यसैले त कोरोनाबीच लेखक÷साहित्यकारहरुका नयाँ कृतिहरु बजारमा आइरहे । कोरोना मत्थर भएको छ, असहज परिस्थितिमा सृजित तर बजारमा सहज पहुँच नपाएका पुस्तकहरु बजारमा पु¥याउन सहज भएको छ । यही सहजतालाई प्रकाशन गृह ‘फाइनप्रिन्ट’ले पुस्तक प्रवद्र्धनमा लगाउने भएको छ ।
र, यही मेसोमा नवलपुरमा फागुन २८ र २९ गते ‘फाइनप्रिन्ट फिवर’ को आयोजना गर्दैछ । गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल हुने सो कार्यक्रममा २०७७ सालमा प्रकाशित कृतिका सबैजसो लेखकको उपस्थिति रहनेछ । बौद्धिक विमर्श र पुस्तक परिचर्चा सो कार्यक्रमको विशेषता रहने फाइनप्रिन्टले जनाएको छ ।
फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशिलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहनेछ ।
सो अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ ।





