शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

बागलुङ, २४ फागुन– सदरमुकामको एक विद्यालयले छात्राहरुका लागि आत्मारक्षा तालिम दिएको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सनराइज आवासिय मावि बागलुङले किशोरीहरुका लागि आत्मारक्षा तालिम दिएको हो ।
तालिमको उद्घाटन गर्दै जनता पार्टीका सभापति तिलक रिज्यालले देशमा हत्या हिंसा बलात्कारका घटना बढिरहेको समयमा विद्यालयले ओयाजना गरेको आत्मरक्षा तालिमले छात्राहरुलाई सहज हुने बताए ।
कार्यक्रममा नेपाल गोजुरियो कराँते दो संघकी केन्द्रिय सदस्य एवं सनराइजकी शिक्षिका एवं तालिमकी प्रमुख प्रशिक्षक पुष्पा कुमारी क्षेत्रीले विशेष प्रस्तुतीसहित विभिन्न विद्यालयका झण्डै १०० जना खेलाडी विद्यार्थीहरुलाई आत्मरक्षा तालिमको प्रशिक्षण दिएकी थिईन् ।
यस्तै, सनराइजको वार्षिक खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार आधारभुत र माध्यमिक तहमा अन्तर सदनात्मक कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा ७ देखि १० सम्मको समुहमा छात्रातर्फ पासाङ ल्यामु सदन प्रथम र भानुभक्त सदन द्धित्तिय स्थान र छात्रतर्फ गौतम बुद्ध सदन प्रथम तथा पृथ्वीनारायण सदन दोस्रो हुन सफल भएका छनभने कक्षा ४ देखि ६ समुहमा छात्रातर्फ भानभक्त सदन पहिलो, पृथ्वीनारायण सदन दोस्रो र छात्रतर्फ पृथ्वीनारायण सदन पहिलो र पासाङ ल्यामु सदन दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->