शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोला राष्ट्रपति रनिङशिल्ड लालीगुरासले जित्यो

काठेखोला राष्ट्रपति रनिङशिल्ड लालीगुरासले जित्यो


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७७, बुधबार

बागलुङ, ११ चैत– काठेखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता सम्पन्न भएको छ ।
छात्र तथा छात्राहरुको लागि एथलेटिक्स, मार्सल आर्ट र भलिबल प्रतियोगिता सहित खेल सम्पन्न भएको प्रशासन प्रमुख (नायव सुव्वा)मनोज कार्कीले बताए । प्रतियोगितामा बिहुँको लालीगुराँस बोडिङले १५ स्वर्ण र २ रजत पदक सहित प्रथम स्थान हासिल गरेको छ । खेलमा रेश नुन्थला माबिले ५ स्वर्ण र २ रजत सहित द्वितिय र भिमसेन माबि बिहुँले ४ स्वर्ण र ७ रजत पदक सहित तृतिय स्थन जितेका छन् ।

खेलको बढी आर्कषण रहेको छात्र भलिबल तर्फ नारायणी माबि तंग्राम प्रथम र जनकल्याण माबि भिमापोखरा द्वितिय भएका थिए । त्यस्तै छात्रा भलिबल तर्फ लक्ष्मी माबि धम्जा प्रथम भएको छ । एथलेटिक्स तर्फ ३ हजार मीटर छात्रादौड प्रतियोगितामा जनकल्याण माबि भिमापोखराकी निरुता किसान प्रथम, भिमसेन माबि बिहुँकी सोबिता कुँवर द्वितिय भएका छन् । छात्रतर्फको ३हजार मीटर दौड रेश नुन्थला माबिका छात्रले जितेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->