शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा थपिए ६ जना कोरोना संक्रमित

बागलुङमा थपिए ६ जना कोरोना संक्रमित


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १९ २०७७, बिहिबार

बागलुङ, १९ चैत– धौलागिरी अस्पतालमा लक्षण देखिएर आएकाबाट लिइएको स्वाब परीक्षणमा बिहिबार मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ जना लक्षण देखिएर परीक्षणका लागि आएकाहरुमा ६ जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार, बागलुङ नगरपालिका वडा नं. १ की ५३ वर्षिया एक महिला, वडा नं. ३ का ३१ र २५ वर्षिय दुई पुरुष र वडा नं. ४ का १४ वर्षिय एक पुरुष र १८ वर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । एक जनाको भने ठेगाना खुल्न सकेको छैन ।
बागलुङमा पछिल्लो समय १८ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरु अहिले धौलागिरि अस्पतालको आइसोलेसनमा छन् । घिमिरेका अनुसार, बागलुङमा अहिलेसम्म १ हजार १९ जना संक्रमितको संख्या पुगेको छ ।
विदेशबाट आएकालाई कडाई गर्ने भनेपनि अहिलेसम्म बागलुङमा क्वारेन्टाइन संचालनमा ल्याइएको छैन । सबै मानिस घर घरमा बसेका छन् । संक्रमणबाट बच्न सुरक्षा मापदण्ड पालनासमेत नभएकोले संक्रमितको संख्या बढ्ने देखिएको हो । अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी आउने क्रम पनि बढेको छ ।
बिरामी बढेको र कोरोना संक्रमित भेटिंदा पनि अस्पतालमा भने सुरक्षा सर्तकता बढाइएको छैन । गत वर्ष गेटमै ज्वरो नाप्ने काम गरिनेमा अहिले छाडिएको छ । साबुनपानीले हात धुने बानी हटेकोले संक्रमणको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->